मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय—वक्ताहरु

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

बाँके । नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइराला जस्तो अडिग र दूरगामी नेता मुलुकका लागि अहिले पनि आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसका अवसरमा आज नेपालगञ्जमा आयोजित ‘गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्ने काँग्रेसी नेताहरुले गिरिजाप्रसाद कोइरालाकै अगुवाईमा मुलुकमा शान्ति स्थापना भएको बताए  ।
जंगलमा रहेका माओवादीलाई राजनीतिको मूलधारमा ल्याएर मुलुकमा शान्ति स्थापना गराउन कोइरालाको भूमिका अतुलनीय रहेको वक्ताहरुको तर्क थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिले गिरिजा प्रसाद कोइराला दूरदर्शी नेता भएको भन्दै काँग्रेसमा त्यस्तै नेताको अभाव अहिले खड्किरहेको बताउनु बताउनु भयो । उहाँले लोकतान्त्रिक जनआन्दोलनका नायक कोइरालाकै कारण मुलुकमा सशस्त्र द्वन्दको अन्त्य भएको स्मरणसमेत गर्नुभयो ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कोइरालाले मुलुक परिवर्तनका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जिकिर गर्नु भयो । मजदुरहरुको हकअधिकार दिलाउन कोइरालाकै अगुवाईमा मजदुर आन्दोलन भएको स्मरण गर्नुभयो । स्ववियु निर्वाचनको प्रसंग जोड्दै सभापति गौडेलले पार्टीलाई बदनाम गर्ने, नेता तथा कार्यकर्तामाथि अमर्यादित अभिव्यक्ति दिने कार्यकर्ताको लेखाजोखा पार्टीले गर्ने चेतावती समेत दिनुभयो ।
नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले कोइरालाको अगुवाइकै कारण मुलुकमा लोकतान्त्रिक आन्दोलन सफल भएको दोहोर्याउनुभयो । कुर्मीले काँग्रेस पराजय हुने अवस्थामा पनि संविधानसभाको निर्वाचन गराएर कोइरालाले देशलाई निकास दिएको उल्लेख गर्नुभयो ।
महासमिति सदस्यहरुको तर्फबाट बोल्दै लुटबहादुर खत्रीले  पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा रोक्न सके काँँग्रेस बलियो पार्टी बन्ने बताउँदै त्यो शिक्षा कोइरालाको त्यागबाट सिक्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले कोइराला यो युगको  शिखर पुरुष भएको बताउनु भयो । ‘जे बोल्छु त्यहीँ गर्छु’ भन्ने कोइरालाको भनाइ आफ्नो लागि आदर्श रहेको बताउनुभयो । उहाँले पुराना कुरा बिर्सिएर पार्टीलाई गुटमुक्त गराउनु पर्ने औल्याउनु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेश क्षेत्रका पदाधिकारीहरु, पालिका सभापतिहरु, वडा सभापतिहरु लगायतको सहभासगता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार