मुख्य समाचार
४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी |

४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित

यूथ टुडे समाचारदाता 3692+ समाचार ( )
१२ मंगशिर २०८३, शुक्रबार

बाँके । युवाहरूमा उद्यमशील सोच, व्यावहारिक सीप र आत्मविश्वास अभिवृद्धि गरी स्वरोजगार तथा आर्थिक आत्मनिर्भरतातर्फ प्रेरित गर्ने उद्देश्यले बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाँचदिने युवा उद्यम विकास तालिम सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लब (बियुसी) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरणका लागि रूपान्तरण तथा नवप्रवर्तन (YETI-II) परियोजनाअन्तर्गत आयोजित तालिममा ४७ जना युवाको सहभागिता रहेको थियो ।

तालिममा युवालाई उद्यमशीलतासम्बन्धी ज्ञान, व्यावसायिक सीप, बजारको माग र सम्भावना पहिचान, व्यवसाय योजना निर्माण तथा उद्यम स्थापना र सञ्चालनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको थियो । अनुभवी सहजकर्ताद्वय दिनेशकुमार चौधरी र विनय दिल लामाले दुईवटा समूहमा एकसाथ तालिम सञ्चालन गर्नुभएको थियो ।

समापन समारोहमा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकी, प्लान इन्टरनेशनल नेपालका युवा सशक्तीकरण तथा रूपान्तरण परियोजना प्रमुख रमेश घिमिरे, क्लबका कार्यकारी निर्देशक रविकुमार तुलाधर, एफएएमका बेदप्रसाद पंगाली तथा क्लबका सदस्य शंकरसिंह थारूलगायतको उपस्थिति थियो ।

कार्यक्रममा परियोजना संयोजक राधेकृष्ण थारूले YETI-II परियोजनाको उद्देश्य, परिकल्पना, अपेक्षित उपलब्धि तथा कार्यान्वयन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उहाँले युवाको आर्थिक सशक्तीकरण, स्वरोजगार र दिगो जीविकोपार्जनका लागि उद्यमशीलता महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । तालिमको व्यवस्थापन तथा समन्वय फिल्ड अफिसरद्वय सुनिता चौधरी र सृजना थारूले गर्नुभएको थियो ।

तालिमको समापनका क्रममा सहभागी युवाहरूले तयार पारेका व्यावसायिक योजनासमेत प्रस्तुत गरेका थिए । रिना थारू, आशा थारू, शिक्षया थारू र अनिता थारूले आफ्ना व्यावसायिक योजनामार्फत तालिमबाट सिकेका ज्ञान, सीप र सिर्जनशील सोचलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

समारोहमा प्लान इन्टरनेशनल नेपालका रमेश घिमिरेले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै आफ्नै उद्यम स्थापना तथा सञ्चालन गर्न युवाहरूलाई आग्रह गर्नुभयो । उहाँले उपलब्ध अवसरको सदुपयोग गरी आत्मविश्वासका साथ उद्यमशील यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले प्रत्येक युवाभित्र सफलता हासिल गर्न सक्ने क्षमता र प्रतिभा रहेको उल्लेख गर्दै आफ्नो क्षमतामाथि विश्वास राखेर लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले लगनशीलता, आत्मविश्वास र दृढ संकल्पले युवालाई सफल उद्यमी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

तालिमले युवाहरूलाई परम्परागत रोजगारीको खोजीमा मात्र सीमित नराखी आफ्नै व्यवसाय स्थापना गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्यमशीलता, नवप्रवर्तन र बजारमुखी सीपको विकासमार्फत युवालाई आर्थिक रूपमा सबल, आत्मनिर्भर तथा समाजको विकासमा सक्रिय सहभागी बनाउने परियोजनाको लक्ष्य रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार