मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

रास्वपाले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी गर्यो निष्काशित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२५ असार २०८१, मङ्गलबार

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

मंगलबार बिहान बसेकाे केन्द्रीय समितिको बैठकले सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेकाे हाे। यससँगै अब उनी साधारण सदस्यमात्र रहेका छन्।

ढकाललाई पार्टीले केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएकाे प्रमुख सचेतक सन्ताेष परियारले जानकारी दिए।

रास्वपाकाे अनुशासन आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेकाे थियाे।

गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।

ढकाल निलम्बित भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिइएको छ। कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई तोकिएको छ।

पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीकाविरुद्धमा लागेको भन्दै ढकाललाई पार्टीले निलम्बन गरेकाे थियाे।

ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि ‘समीक्षा यात्रा’ सुरु गरी ३८ जिल्ला पुगेर गरेको समीक्षा प्रतिवेदन बुधबार गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई बुझाएका थिए।

गत बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय,चःमति, वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा ढकालले मुखमा माक्स र त्यस बाहिरबाट ‘कालो टेप’ लगाएर उपस्थित भएका थिए।

प्रतिक्रिया

हेमन्त २५ असार २०८१, मङ्गलबार

राजनीतिक दल का नेता हरु आफू बिरुद्ध केही सुन्न नसक्ने रवि मा पनि देखिये , त्यसैले यि पनि व्यक्ति वादी नै निस्के । राजनीतिक स्वपोषण अरु दल जस्तै सिधान्तहीन , नैतिकता को अभाव ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार