मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

कांग्रेस सभापति देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन गगनको आग्रह

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
२४ पौष २०८२, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आइतबार र सोमबारका लागि आयोजना हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।

उनले बिहीबारको कार्यसम्पादनसमितिको बैठकपछि पत्रकारहरूसँग भने- ‘मैले कार्यबाहक सभापतिज्यूलाई सभापतिज्यूलाई जसरी पनि विशेष महाधिवेशनमा सहभागी हुन भनिदिन भनेका छौँ।’

कांग्रेसको विधानअनुसार आयोजना भएको विशेष महाधिवेशनमा सहभागी हुन उनले देशभरिका प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

भदौ २३ र भदौ २४ पछिको विशेष परिस्थितिमा नीति र नेतृत्व फेर्न महाधिवेशनको माग राखिएको उल्लेख गर्दै थापाले अहिलेको संवेदनशील अवस्थामा महाधिवेशनको सान्दर्भिकता झनै बढेको उल्लेख गरे।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् भने कांग्रेस संस्थापन पक्षले विज्ञप्ति नै जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार