मुख्य समाचार
गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय |

माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष प्रचण्डले भने, देश र जनताको सेवा गर्ने थप जिम्मेवारी थपियो

महमूद आलम खान 1132+ समाचार ( )
नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठूलो भारी आएको बताएका छन् ।
१९ पौष २०७८, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठूलो भारी आएको बताएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देश र जनताको सेवा गर्ने मेरो लागि अन्तिम अवसर र चुनौती पनि हो। अब उमेर पनि भयो। आज यो जिम्मेवारी बहन गर्दै गर्दा गहन बहस उठाउँदै क्रान्तिकारी बाटोबाट जनताको सेवा गर्ने अन्तिम अवसर र चुनौतीको रुपमा लिएको छु।’

उनले राजनीतिक स्थिरताको लागि केही समय अझै दुस्ख गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘देशको अवस्था र पार्टी रुपान्तरणको आवश्यकतालाई हेर्दा, राजनीति स्थिरता र पार्टीलाई सृदृण बनाउनको लागि पार्टीमा दुख गरेर सक्रिय हुनुपर्ने बाध्यता छ ।’

कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ थियो ।

आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार