बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सिटि स्क्यान रुममा आगलागी भएको अस्पतालका मेसु डा.प्रकाश साहले जानकारी दिनुभयो । साढे चार बजे सिटि स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको साहले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रण लिएको थियो । भित्र जाने स्थिति नभएकोले के कति क्षति भएको हो भन्ने अवस्था नरहेको मेसु साहले बताउनुभयो ।
अस्पतालको सिटि स्क्यान रुमबाट धुँवा निस्किएको देखिएपछि नियन्त्रणका लागि दमकल बोलाइएको थियो ।
सिटि स्क्यान र बिरामी वस्ने ब्लक फरक रहेकाले मानवीय क्षतीको नभएको साहले बताउनुभयो ।