मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

बाँके । सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिका, बाँके युनेस्को क्लब तथा Plan International Nepal को संयुक्त आयोजनामा स्थानीय मानव बेचबिखन नियन्त्रण समिति (LCCHT) र बाल अधिकार समिति (CRC) को समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दशरथ बुढाले गर्नुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी होम प्रसाद चौधरी, LCCHT तथा CRC का पदाधिकारी एवं सदस्यहरू, शिक्षा, महिला तथा बालबालिका, स्वास्थ्य शाखाका प्रमुखहरू, पत्रकार ,राधा कृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यशालाको मुख्य उद्देश्य मानव बेचबिखन, लागूऔषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणका लागि हालसम्म भएका प्रयासहरूको समीक्षा गर्दै आगामी वर्षका लागि समन्वयात्मक, समुदायमुखी तथा प्रभावकारी कार्ययोजना तयार गर्नु रहेको थियो।

समापन मन्तव्यका क्रममा प्रमुख प्रशासकीय अधिकृत श्री दशरथ बुढाले बालबालिका, महिला तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित, समावेशी र संरक्षणमूलक वातावरण निर्माण गर्न सबै पक्षको साझा जिम्मेवारी, प्रभावकारी समन्वय तथा निरन्तर प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, कार्ययोजनालाई व्यवहारमा उतारेर समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। समितिले हाल सम्म गरेका मुख्य उपलब्धि तथा बार्षिक प्रगति प्रतिबेदन महिला बाल बालिका शाखा प्रमुख अनिता चौधरी ले गर्नु भयको थियो भने कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के.ले गर्नुभएको थियो भने सहजीकरणमा फिल्ड सुपरभाइजर प्रमिसा थारुको सहयोग रहेको थिइन ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले “साझेदारी, प्रतिबद्धता र सामूहिक प्रयासमार्फत मात्र हामी मानव बेचबिखन, लागूऔषध दुर्व्यसन र बालविवाहमुक्त सुरक्षित समाज निर्माण गर्न सक्छौं। आउनुहोस्, सबैका लागि सुरक्षित र उज्ज्वल भविष्य सुनिश्चित गर्न हातेमालो गरौं।” भन्ने साझा प्रतिबद्धता व्यक्त गरेका थिय

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार