मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१६ जेठ २०८३, शनिबार

काठमाडौं  । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष हिक्मत थापाले दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने सरकारको निर्णयप्रति दुःख व्यक्त गर्दै उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्नुभएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय सार्वजनिक गरेको भन्दै थापाले ती दूतावासलाई खर्चको केन्द्र मात्र नभई व्यापार, लगानी र आर्थिक अवसर सिर्जनाका आधारका रूपमा विकास गर्न सकिने बताउनुभयो।

नाइजेरियाको लेगोसबाट शनिबार जारी प्रेस विज्ञप्तिमा थापाले दक्षिण अफ्रिका र ब्राजिल आर्थिक रूपमा तीव्र गतिमा अघि बढिरहेका तथा क्रमशः अफ्रिका र दक्षिण अमेरिकाका प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित भइरहेका मुलुक भएकाले नेपालका लागि महत्वपूर्ण साझेदार बन्न सक्ने उल्लेख गर्नुभएको छ।

उहाँले अफ्रिका र दक्षिण अमेरिकामा नेपाली डायस्पोरा विस्तार हुँदै गएको, तर त्यहाँ रहेका नेपाली समुदायका समस्या अझै पनि राज्यको पहुँचभन्दा बाहिर रहेको बताउँदै गैरआवासीय नेपालीहरूले नेपाल सरकारको थप उपस्थिति आवश्यक रहेको महसुस गरिरहेको उल्लेख गर्नुभयो।

थापाले दूतावासहरूलाई नेपालको दक्षिण–दक्षिण सम्बन्ध विस्तार, व्यापार प्रवर्द्धन, प्रविधि आदानप्रदान, लगानी भित्र्याउने तथा उदीयमान अन्तर्राष्ट्रिय शक्ति समूह ब्रिक्स (BRICS) सँगको सहकार्य सुदृढ गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो।

नेपाल सरकारले दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावासलाई आर्थिक कूटनीतिको केन्द्रका रूपमा विकास गर्दै अघि बढ्ने अपेक्षा व्यक्त गर्दै उहाँले दूतावास बन्द गर्ने निर्णय पुनः विचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार