मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ जेठ २०८३, बिहीबार

काठमाडौँ । संघीय संसद्को संयुक्त सदनमा पेश हुने बजेटलाई अन्तिम रूप दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सिंगो अर्थमन्त्रालय खटिरहेको छ।

अर्थमन्त्री वाग्लेले शुक्रबार अपराह्न ४ बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन्।

निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउनेछ। बजेट सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा नै प्रस्तुत हुनेछ।

बजेट निर्माणका लागि केही दिनयता अर्थमन्त्री वाग्लेको अधिकांश समय अर्थमन्त्रालयमा नै बित्ने गरेको र अर्थमन्त्रालयमा आगन्तुकहरूको प्रवेशमा कडाइ गरिएको पनि स्रोतले बतायो।

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब रुपैयाँबराबरको सिलिङ तय गरे पनि आकार केही बढ्ने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ।

फरक खालको सबैलाई समेट्ने बजेट बनाउने क्रममा आकार केही बढ्ने भएको स्रोतले बताएको छ।

चालु आवको बजेट १९ खर्ब ६४ अर्ब बराबरको भए पनि जेनजी आन्दोलनपछि गठित सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब बराबरको बनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार