मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाल अधिकारको संरक्षण र बाल विवाह रोकथाममा जानकी–५ को पहल

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
“छोरीको सपना रोक्ने होइन, उड्ने वातावरण बनाऔँ”- वडा अध्यक्ष टिकानाथ यादव
२७ वैशाख २०८३, आइतबार

बाँके । मधेशी तथा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेको जानकी गाउँपालिका–५ मा बाल अधिकार संरक्षण र बाल विवाह न्यूनीकरणका लागि महत्वपूर्ण पहल थालिएको छ। बालबालिकाको भविष्य सुरक्षित बनाउन तथा समाजमा अझै विद्यमान बाल विवाहजस्तो सामाजिक विकृति अन्त्य गर्ने उद्देश्यले दुई दिने तालिम सम्पन्न गरिएको हो।

जानकी गाउँपालिका र वडा नं. ५ को आर्थिक सहयोगमा नेपाल गरिवी निवारण तथा समाज विकास केन्द्र, जानकी–३ बाँकेको आयोजनामा वडा स्तरिय बालक्लब सञ्जाल तथा किशोरी क्लबका पदाधिकारी र सदस्यहरूलाई लक्षित गर्दै “बाल अधिकार तथा बाल विवाह रोकथाम” सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको थियो। तालिम वैशाख २६ देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

तालिममा ३५ जना बालबालिका, किशोरी तथा वडा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षक राजन बर्मा र अनुभा राणाले सहजीकरण गर्दै बाल अधिकारका आधारभूत पक्ष, बाल सहभागिता, बालबालिकाको नेतृत्वदायी भूमिका, बाल विवाहका असर र न्यूनीकरणका उपाय, साइबर अपराधबाट बच्ने उपाय तथा स्थानीय तहको योजना तर्जुमा प्रक्रियाबारे प्रशिक्षण दिएका थिए ।

विशेषगरी मधेशी तथा मुस्लिम समुदायमा अझै पनि देखिने बाल विवाहको समस्या न्यूनीकरणका लागि तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ। सहभागी किशोरीहरूले “बाल विवाह होइन, शिक्षा र आत्मनिर्भरता रोज्ने” प्रतिबद्धता व्यक्त गरेका थिए।

तालिम समापन कार्यक्रममा वडा अध्यक्ष टिकानाथ यादवले बालबालिका र किशोरीहरूको क्षमता विकासलाई अब वडाको प्राथमिकतामा राखिने बताउनुभयो। उहाँले भन्नुभयो,“छोरीलाई सानैमा विवाह गरिदिनु समाधान होइन, त्यो त उसको सपना र भविष्य रोक्नु हो। अब जानकी–५ मा बाल विवाहविरुद्ध जनचेतना फैलाउने, किशोरीहरूको शिक्षा र क्षमता विकासमा लगानी गर्ने अभियानलाई अझ बलियो बनाइने छ । हरेक बालबालिकाले सुरक्षित र सम्मानित वातावरण पाउनुपर्छ।”

उहाँले आगामी दिनमा बालबालिका, युवा तथा किशोर–किशोरी लक्षित कार्यक्रमका लागि विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन जानकी–५ वडा स्तरीय बाल क्लब सञ्जालकी अध्यक्ष ममता भुजवाको अध्यक्षतामा भएको थियो। संस्थाका कार्यक्रम संयोजक गोविन्द यादवका अनुसार तालिमले बालबालिकामा आफ्नो अधिकारप्रति सचेतना बढाउनुका साथै बाल विवाहविरुद्ध बोल्ने आत्मविश्वास विकास गरेको छ।

स्थानीय जनप्रतिनिधि तथा संस्थाका प्रतिनिधिहरूले तालिमको अनुगमन गरेका थिए । सहभागीहरूले समुदायस्तरमै बाल विवाह रोकथामका लागि अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार