मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा नरैनापुरको वन डढेलो नियन्त्रण

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

बाँके। नरैनापुर गाउँपालिका–६ स्थित रामजानकी सामुदायिक वनमा लागेको डढेलो सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको छ।

कटकुया बिओपिबाट खटिएको सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीसँगको सहकार्यमा मध्यराति डढेलो नियन्त्रणमा लिएको हो। वडा अध्यक्ष प्रेम मौर्यका अनुसार डढेलो नियन्त्रणका लागि प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दको नेतृत्वमा ३० जना प्रहरी परिचालन गरिएको थियो।

हिउँदे समय सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलोको जोखिम बढेको छ। सशस्त्र प्रहरीले डढेलो नियन्त्रण र रोकथामका लागि स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।

चैत्र-वैशाखमा वनजङ्गलमा डढेलोको जोखिम उच्च हुने भएकाले सशस्त्र प्रहरीले विशेष सतर्कता अपनाएको छ। “डढेलो लागेको थाहा पाउनेबित्तिकै नियन्त्रणका लागि नरैनापुरको सामुदायिक वनमा उत्तरदायी टिम गठन गरिएको छ,” चन्दले भने।

उनले वन डढेलो नियन्त्रणमा वन कार्यालय, सशस्त्र प्रहरी र स्थानीय सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको बताए। “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाउँदा वन क्षेत्रमा सल्किने गरेको छ,” उनले थपे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार