मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


रामुपा, नाउपा नेपाल र जसपाबिच सिट बाँडफाँट

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौँ । एउटै चिह्नबाट चुनाव लड्ने सहमति गरेका राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा), जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल) बिच सिट बाँडफाँड भएको छ । यी तीन दलले ५२ जिल्लामा उम्मेदवारी दिने भएका छन् । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीले ५५ सिट, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले  ४१ सिट र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले २९ सिटमा उम्मेदवारी दिने तय भएको छ । 

झापाको क्षेत्र नम्बर ४ र ५ रामुपा, १ मा नाउपा नेपाल र क्षेत्र नम्बर २ र ३ जसपाले पाएको छ । मोरङको क्षेत्र नम्बर १, २ र ५ रामुपा, ३ र ४ नाउपा नेपाल र ६ जसपाले पाएको छ । सुनसरीमा क्षेत्र नम्बर ४ रामुपा र १ जसपालाई दिइएको छ । उदयपुरमा नाउपाले क्षेत्र नम्बर १ पाएको छ भने जसपाले २ नम्बर पाएको छ । सप्तरीमा २ र ३ नाउपा १ र ४ पाएको रामुपालाई दिइएको स्रोतले जनाएको छ । 

सिरहाको क्षेत्र नम्बर २ र ४ रामुपा, १ र ३ नाउपा र ४ नम्बर जसपाले पाएको छ । धनुषा र सर्लाहीका चारवटै सिट रामुपाले पाएको छ । महोत्तरीमा २ र ४ नम्बर रामुपा, १ नाउपा नेपाल र क्षेत्र नम्बर ३  जसपाले पाएको छ । रौतहट १, २ र ३ रामुपा र ४ नाउपा नेपालले पाएको छ । बाराको क्षेत्र नम्बर २ र ४ रामुपा र १ र ३ नाउपा नेपालले पाएको छ । पर्साको ३ र २ रामुपा, ४ नाउपा नेपाल र १ जसपालाई  दिइएको छ । 

यस्तै चितवनका तीनवटै क्षेत्र नाउपा नेपालको भागमा परेको छ । नवलपरासी क्षेत्र नम्बर १ नाउपा नेपाल र २ नम्बर क्षेत्र जसपाको भागमा परेको छ । नवलपरासी–२ रामुपा र १ नाउपा नेपाललाई दिइएको छ । 

रुपन्देही क्षेत्र नम्बर ५ रामुपालाई दिँदा १, २ र ३ नाउपा नेपाल र ४ नम्बर जसपाको भागमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर रामुपा, १ नाउपा नेपाल र २ जसपालाई दिने सहमति छ । दाङ क्षेत्र नम्बर २ रामुपा तथा १, ३ र ४ मा नाउपा नेपालले उम्मेदवारी दिने तय छ । 

बाँकेको १ र ३ नम्बर क्षेत्र नाउपा नेपाल र २ नम्बर जसपाले पाएको छ । बर्दिया १ र २ नम्बर क्षेत्र नाउपाको भागमा परेको छ । कैलालीको सबै क्षेत्र नाउपाको भागमा परेको छ । त्यस्तै कन्चनपुरको ३ नम्बर क्षेत्र रामुपा र १ र २ नम्बर नाउपालाई दिइएको छ । 

काठमाडौँ क्षेत्र नम्बर १, २, ४, ६, ७, ८, ९ र १० रामुपा तथा ३ र ५ नाउपा नेपालको भागमा परेको छ । जाजरकोट र हुम्लाको सिट रामुपाले पाएको छ । बागलुङ क्षेत्र नम्बर २ रामुपा र जसपाबिच कुरा मिलाउन बाँकी रहेको बताइएको छ । डोटी, अछाम, रुकुमपूर्व र पाँचथर रामुपाको भागमा परेको छ । त्यस्तै, ललितपुर क्षेत्र नम्बर २ र ३ मा रामुपाले उम्मेदवार उठाउने सहमति भएको पार्टी स्रोतले जनाएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा र ताप्लेजुङको १ मा रामुपा र जसपाबिच कुरा मिलाउन बाँकी छ । इलामको क्षेत्र नम्बर २ रामुपा र १ नम्बर जसपाले पाएको छ । संखुवासभा र धनकुटाको क्षेत्र नम्बर १ जसपा, तेह्रथुपको १ नम्बर रामुपा, भोजपुर, खोटाङ र ओखलढुङ्गाको १ नम्बर क्षेत्रमा जसपाले उम्मेदवारी दिने छ । रामेछाप र दोलखाको १ नम्बर क्षेत्र नाउपा नेपाल, काभ्रेको १ र २ नम्बर जसपा, भक्तपुरको १ र २ रामुपा, मकवानपुरको १ र २ जसपा, तनहुँ, म्याग्दीको १ नम्बर क्षेत्र जसपा र दैलेख तथा डोल्पाको १ नम्बर क्षेत्र रामुपाको भागमा परेको छ । 

नाउपा नेपालले रुपन्देही क्षेत्र नम्बर १ मा डा. उमाशंकार चौधरीलाई टिकट दिएको छ । त्यस्तै, कैलाली–५ बाट जगनाथ चौधरी र बारा–१ मा भुवनप्रसाद चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

नाउपा नेपालका संरक्षक चौधरीले तीन दलबिच चुनावी सहकार्य गर्ने सहमति अनुसार सिट बाँडफाँट टुंग्याउने काम भइरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार