मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


एमालेका नेता महासेठ र महतोले मेरो चरित्र हत्या गरे- अध्यक्ष समिम

महमूद आलम खान 1132+ समाचार ( )
आफू जुन पार्टीबाट सिफारिस भएर संवैधानिक आयोगको अध्यक्ष बनेको हो त्यही पार्टीका नेताले आफ्नो चरित्र हत्या गर्न लागेको उनले गुनासो गरे
२९ वैशाख २०७९, बिहीबार

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न पैसा बाँडेको आरोप लगाएका छन् । अन्सारीमाथि जनकपुरमा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको थियो । त्यसको खण्डन गर्दै अन्सारीले एमालेका नेताहरू नै आफ्नो चरित्र हत्या गर्न लागिपरेको बताएका हुन् ।

जनकपुरमा पैसा बाँडेको आरोप लागेका उनी बिहीबार साढे १२ बजेको फ्लाइटमार्फत काठमाडौं आएका थिए । काठमाडौंमा आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै अन्सारीले भने, ‘एमाले नेता रघुवीर महासेठ र जुली महतो मेरो चरित्र हत्या गर्न लागेका छन् । उनीहरूले नै यस्तो फन्डा मच्चाएका हुन् ।’

आफू जुन पार्टीबाट सिफारिस भएर संवैधानिक आयोगको अध्यक्ष बनेको हो त्यही पार्टीका नेताले आफ्नो चरित्र हत्या गर्न लागेको उनले गुनासो गरे । आफू विशेष कामले बुधबार जनकपुर गएको र आजै काठमाडौं फर्किने कार्यतालिकाअनुसार काठमाडौं फर्किएको अन्सारीको दाबी छ ।

के भएको थियो ?

प्रमुख अन्सारीले पत्रकार सम्मेलनमार्फत उक्त घटनाबारे यसरी जानकारी गराए । मंगलबार राति ११ बजे म जनकपुर पुगेको थिएँ । हिजो बिहान लुरी बर्काती मदरसामा इदको शुभकामना आदान प्रदानका लागि म जनकपुर गएको थिएँ । कार्यक्रम हिजो सकिएपछि आज मेरो साढे १२ बजेको फ्लाइटबाट फर्किने कार्यक्रम थियो । त्यहीअनुरूप बिहान ११ बजेको समयमा केही १५/२० जना गुण्डाहरू म बसेको होटलमा प्रवेश गरेर एक्कासि हमला गर्ने प्रयास गर्नुभयो ।

नाराबाजी गर्दै उम्मेदवारहरूलाई पैसा बाँडिरहेको छ भनेर गलत आरोप लगाउनुभयो । यतिसम्म कि यहाँ करोडौं रुपैयाँ बाँडिरहेको छ भनेर आरोप लगाउनुभयो । जुन आरोप अत्यन्तै गलत हो । अत्यन्तै गम्भीर भएर दुःख व्यक्त गर्दछु ।

म कुनै पार्टीको नेता वा कार्यकर्ता होइन । म विशुद्ध मुस्मिल आयोगको प्रमुखको हैसियतले सिंगो मुस्लिम समुदायको उत्थान र विकासका लागि, मुस्लिम समुदायको सशक्तिकरणका लागि जुन जिम्मेवारी पाएको छु, त्यो जिम्मेवारी निर्वाह गर्दै आएको छु ।

म न कुनै पोल्टिकल पार्टीको लबिङका लागि गएको हो, न कुनै पार्टीलाई जिताउ, हराउ भन्ने अभियानमा गएको हुँ । तर, केही व्यक्तिहरूले जुन मलाई आरोप लगाउनुभयो केही समयदेखि एक किसिमले सूचना पनि पाएको थिएँ कि समिम अन्सारीको करिअर बर्बाद पारिदिन्छौं ।

म हिजो एमाले पार्टीमा आबद्ध थिएँ । एमाले पार्टीकै सिफारिसअनुसार आयोगको प्रमुख बनेको हुँ । सिफारिस गरेपछि मैले पार्टीबाट सदस्यता परित्याग गरेर साधारण सदस्यसमेत नरहने गरी प्रमुखको सपथ लिएको थिएँ । आज जुन व्यक्तिहरू आउनुभएको थियो । बडो दुःखका साथ भन्नुपर्छ । एमालेका नगर कमिटीका सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । र, पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ थिए ।

उहाँहरूले त्यहाँ गएर नाराबाजी गर्दै उसको बदनाम गराउ भनेर पठाएका थिएँ । अहिले सुरेन्द्र भण्डारी भन्ने व्यक्ति पक्राउ पनि परेका छन् । यदि मैले गलत क्रियाकलाप गरेकाे हो भने कांग्रेस, माओवादी केन्द्र वा मधेसी दलका नेता कार्यकर्ताले मलाई घेराउ गर्नुपर्थ्याे । मलाई त्यो आरोप लगाउनुपर्थ्याे । तर, यहाँ म जुन पार्टीबाट प्रमुखका लागि सिफारिस भएको थिएँ, त्यही पार्टीका सीमित नेता तथा कार्यकर्ताले ममाथि यस्तो आरोप लगाए । यो सबै नेताको इसारामा मेरो चरित्रहत्या गर्ने काम भएको छ । यसमा दोषीमाथि छानबिन गर्दै कारबाही गर्न माग गर्दछु ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार