मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

खडैचामा सशस्त्र प्रहरीको आतंक: मापसे गरी युवाहरुलाई कुटपिट

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

बाँके । सशस्त्र प्रहरीको कुटपिटबाट बाँके डुडुवा–१ खडैचाका दुई जना युवा घाइते भएका छन । गएराती १२ बजेतिर मादक पदार्थ सेवन गरी खडैचा सशस्त्र प्रहरी चौकीका सुमन चौधरीसहित दुई जनाले खडैचा नजिकै सडकमा घुम्ती पसल थापेका युवालाई फोन गरी बोलाएर अनावश्यक कुटपिट गरि घाइते बनाए छन् । 

खडैचा गाउँका २५ वर्षिय सन्जु तेलीले गाउँ नजिकै सडकमा घुम्ती पसल राख्नुभएको छ । राती पसल बन्द गरेर घरमा सुतिरहेको बेला ती दुई प्रहरीले तिम्रो पसलमा चोरी भएको भन्दै फोन गरेर बोलाउदा सन्जुले आफ्नो दाई दुबर तेलीसंग पसलमा आउदा हामी दुबैजनालाई प्रहरीले एक्कासी कुटपिट गरेको पिडित तेलीले बताउनुभयो । 

मादक पदार्थ सेवन गरी सशस्त्र प्रहरीको कुटपिटबाट सन्जुको बाँया हात समेत भाँचिएको छ भने शरिरका अङ्गहरुमा नीलडाम बसेको स्थानीयले बताएका छन । प्रहरीले दुबै दाजुभाईलाई कुटपिट गरि उल्टै सशस्त्र प्रहरी कार्यालय खडैचा पोष्टमा लगेर राखेपछि आक्रोसित एक सय बढी स्थानीयको समुहले आज विहान प्रहरी चौकी घेराउ गरेपछि प्रहरीको गल्ती बाहिर आएको हो । 

कुटपिटबाट घाइते दुबै जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको परिवारले बताएको छ । विना कारण प्रहरीले स्थानीयलाई कुटेपछि स्थानीय आक्रोसित बनेका हुन । पछिल्लो समय यसरी मादक पदार्थ सेवन गरी प्रहरीले बेला बेलामा स्थानीयलाई कुटपिट गर्ने, डर धम्की देखाउने, त्रसित बनाउने कार्य गर्दै आएको स्थानीयले गुनासो गरेका छन । 

यस घटनाबारे सशस्त्र प्रहरी बाँकेका प्रहरी उपरिक्षक शोभकान्त खनालसंग बुझ्दा उहाँले घटनालाई लुकाएर समान्य रुपमा लिदै प्रहरीले गल्ती गरेको स्वीकार्दै छानविन गरि विभागिय कारवाही गर्ने बताउनुभयो । उहाँले घुम्ती पसलवालाले चोरीको डरले करेन्ट फिजाएकाले प्रहरी समेत घाइते भएको दाबी गर्नुभयो । 

सिमा क्षेत्र तथा समुदायको शान्ति सुरक्षाको प्रत्याभुति गर्नलाई बसेका प्रहरीले उल्टै स्थानीयलाई त्रसित बनाउने किसिमका क्रियाकलाप गरी अनाहक रुपमा स्थानीयलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई तत्काल कारवाही गर्नुपर्ने माग डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गर्नुभयो ।

उहाँले घटनाबारे थाहा पाउनेवित्तिकै सरोकारवाला निकायलाई जानकारी गराई घटनाका बारेमा छानविन गरि दोषीलाई कारवाही र घाइतेलाई उपचारको व्यवस्था गर्न जोड दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार