मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सर्वदलीय बैठकको निष्कर्ष: जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु गलत

महमूद आलम खान 1133+ समाचार ( )
‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन ।
४ पौष २०७८, आइतबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सम्पन्न सर्वदलीय बैठकले ‘जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित’ नरहेको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने– ‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन । प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’

सर्वदलीय बैठकले संघीय संसद निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको समेत निष्कर्ष निकालेको छ । मन्त्री कार्कीले भने– ‘संसदीय लोकतन्त्रलाई जिवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण छ । तर त्यसको मतलब संसद चल्न नदिने भन्ने होइन । उहाँहरुलाई छलफलको माध्यमबाट समाधान खोज्न आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

प्रमखु प्रतिपक्षी दल नेकपा एमालेले आफूले कारवाही गरेको सांसदलाई कारवाही नभएको र त्यसमा सभामुखको भूमिका रहेको भन्दै सभामुखले राजनीनामा नदिएसम्म सदन चल्न नदिने भन्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार