मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सुनसरीमा पाँच दलीय गठबन्धनले वडा तहदेखि नै चुनावी तालमेल गर्ने

महमूद आलम खान 1133+ समाचार ( )
सुनसरीमा सत्तारुढ पाँच दलीय गठबन्धनले वडा तहदेखि नै चुनावी तालमेल गर्न कार्यदल गठन गरेको छ ।
२४ चैत्र २०७८, बिहीबार

इनरुवा, २४ चैत । सुनसरीमा सत्तारुढ पाँच दलीय गठबन्धनले वडा तहदेखि नै चुनावी तालमेल गर्न कार्यदल गठन गरेको छ । जिल्लामा तालमेलको निर्णय गर्न नेपाली कांग्रेसका सचिव विरेन्द्र साह, नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो, नेकपा एकीकृत समाजवादीका सचिव वसन्त सुवेदी, जनता समाजवादी पार्टीका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले स्थानीय नगर तथा गाउँपालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गतेसम्म प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ । गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको गठबन्धनको बैठकपछि जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

पाँच दलीय गठबन्धनबाहेक अरुसँग तालमेल नगर्ने र संयुक्त घोषणापत्र प्रकाशन गरि वडा तहसम्मै संयुक्त चुनाव प्रचार–प्रसार गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक योगेन्द्र मण्डल पप्पुले जानकारी दिनुभयो ।

२०७४ को निर्वाचनमा स्थानीयदेखि संघको चुनावी गणितले प्रदेश १ को सबैभन्दा धेरै नेपाली कांग्रेसको प्रभाव क्षेत्र देखिएको सुनसरीमा अन्यत्रभन्दा एक कदमअघि बढेर वडा सदस्यदेखि नै तालमेल हुने भएको छ । 

बुधबार नेकपा एसको पार्टी कार्यालयमा बसेको पाँच दलको बैठकले गठबन्धन गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी, नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र प्रसाद मण्डल, नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले संयुक्त विज्ञप्तिमार्फत् गठबन्धनको घोषणा गरेकोसार्वजनिक गरेका हुन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार