मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

चिसोबाट जोगाउन मैदानमा उत्रियो नेपाली सेनाको बज्र दल

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

बाँके । पछिल्लो केही दिनदेखि लगातार बाक्लो हुस्सु र शीतलहरको प्रभावले बाँके जिल्लासहित तराईका भू–भागमा अत्यधिक चिसो बढेपछि सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । विशेषगरी बिहान र रातको समयमा तापक्रम अत्यन्तै घट्दा वृद्धवृद्धा, बालबालिका, दैनिक ज्यालादारी मजदुर तथा सडक आश्रित नागरिकहरू बढी प्रभावित भएका छन् ।

यही परिस्थितिलाई मध्यनजर गर्दै सम्भावित मानवीय क्षति हुन नदिन नेपाली सेनाले अग्रसरता लिँदै नेपालगञ्जका मुख्य बजार क्षेत्र तथा विपन्न बस्तीहरूमा दाउरा वितरण गरेको छ । नेपाली सेनाको बज्र दल गणका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको कमान्डमा मंगलबार बिहानदेखि दाउरा वितरण कार्य सुरु गरेको हो ।

नेपालगञ्ज बजार क्षेत्रका मानिसहरूको बढी जमघट हुने फुल्टेक्रा चोक, कन्ठीपुर चोक, आलानगर चोकलगायतका स्थानमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराइएको छ । चिसोबाट जोगिन सर्वसाधारणले खुला ठाउँमा आगो ताप्न सकून् भन्ने उद्देश्यले सेनाको टोली बिहानैदेखि सक्रिय रूपमा खटिएको थियो ।

यसैगरी, खजुरा गाउँपालिकास्थित अतिविपन्न मुस्लिम बस्तीमा समेत दाउरा वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका तथा न्यानो व्यवस्थाको अभाव झेलिरहेका परिवारहरूलाई प्राथमिकतामा राख्दै सेनाले दाउरा वितरण गरेको बज्र दलका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बज्र दलले आफ्नै आन्तरिक स्रोत परिचालन गरी दाउरा वितरणको व्यवस्था मिलाएको हो ।

दाउरा वितरणसँगै नेपाली सेनाले शीतलहरबाट बच्ने उपायबारे सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ । सेनाको टोलीले गाउँ–गाउँमा पुगेर अत्यधिक चिसोका बेला अपनाउनुपर्ने सावधानी, न्यानो कपडाको प्रयोग, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह, आगो ताप्दा हुने सम्भावित जोखिम र त्यसबाट बच्ने उपायबारे जानकारी दिएको छ ।

प्रमुख सेनानी श्रेष्ठले चिसो मौसममा नागरिकको सुरक्षा र स्वास्थ्यप्रति सेनाले उच्च संवेदनशीलता देखाउँदै आएको उल्लेख गर्नुभयो । “शीतलहरका कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हामीले दाउरा वितरण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएका छौँ,” उहाँले भन्नुभयो ।

नेपाली सेनाको यस मानवीय पहलले शीतलहरको चपेटामा परेका सर्वसाधारणलाई तत्काल राहत पुगेको स्थानीयवासीहरूले बताएका छन् । कठिन मौसमका बेला सेनाले देखाएको सक्रियता र सहयोगप्रति स्थानीय समुदायले प्रशंसा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार