मुख्य समाचार
युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न |

राज्यमन्त्री तोसिमासँग अस्पतालमा आचार्यको अन्तिम संवाद

यूथ टुडे समाचारदाता 3419+ समाचार ( )
प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै बानेश्वरको मूल सडकमै उनले आत्मदाहको प्रयास गरे ।
११ माघ २०७९, बुधवार

काठमाडौं । इलामका प्रेम आचार्यले मंगलबार संसद भवनअगाडी आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै बानेश्वरको मूल सडकमै उनले आत्मदाहको प्रयास गरे ।

प्रहरी र वरपरका मानिसको सहयोगमा केही बेरमा उनको शरीरमा बलेको आगो त निभाइयो । तर त्यतिन्जेल शरीरको ८० प्रतिशत भाग जलिसकेको थियो ।

पछि उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगियो । आत्मदाहको प्रयास गर्नुअघि आचार्यले वर्तमान सरकारका केही प्रतिनिधिको नाम तोकरै फेसबुकमा लामो स्ट्याटस लेखेका थिए । सोही नामको लिस्टमा स्वास्थ्यराज्यमन्त्री तोसिमा कार्कीको समेत नाम थियो ।

मंगलबार साँझ करिब ८ बजे स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा प्रेमको स्वास्थ्यअवस्था बुझ्न बर्न अस्पताल पुगेकी थिइन् ।

तोसिमा पुग्दा प्रेम बोल्न सक्ने अवस्थामा थिए । चिकित्सकसँग उनको स्वास्थ्यअवस्थाबारे बुझेपछि राज्यमन्त्री तोसिमाले प्रेमसँग कुरा गरेकी थिइन् ।

अस्पतालमा डा. तोसिमा र आचार्यबीच भएको संक्षिप्त कुराकानी :

तोसिमा : ‘प्रेम दाइ म तोसिमा कार्की ।’

प्रेम : म चिन्छु ।’ यति भनिसकेपछि प्रेम एकोहोरो बोलिरहे । आफ्नो स्ट्याटसमा लेखिएका कुरा दोहोर्‍याए ।

तोसिमा : ‘किन यस्तो गर्नुभएको ? हामी थियौं, राज्य थियो नि ।’

प्रेम : ‘कसैले सुन्दैनन्, कसैले सुन्दैनन् ।’ एकोहोरो बोलिरहे ।

तोसिमा: ‘हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौं, यस्तो गर्नुहुन्थेन ।’

बोलिरहँदा आँखा बन्द थियो, तोसिमाले आँखा खोल्न आग्रह गरिन्, उनले आँखा खोले।

प्रेम : ’मलाई निकै दुखेको छ । पेनकिलर दिनु ।’

तोसिमाले चिकित्सकसँग प्रेमलाई पेन फ्री राख्न आग्रह गरिन् । केहिबेर चिकित्सकसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्, उपचारमा कुनै कसुर बाँकी नराख्न निर्देशन नै दिइन् ।

उपचारमा संलग्न चिकित्सक सुरेन्द्रजंग बस्नेतले तोसिमासँगको कुराकानीमा भनेका थिए, ‘उहाँको शरीरको ८० प्रतिशत भाग जलेको छ । अहिले बोल्न सके पनि अवस्था चिन्ताजनक हो ।’

निस्कने बेलामा तोसिमाले प्रेमलाई भनिन्, ‘डाक्टर सावहरू यहाँ हुनुहुन्छ, नआत्तिनुस्, केही परेमा हामी गछौं ।’ तोसिमाले यति भन्दै गर्दा प्रेमले भने, ‘मलाई भेट्न रवि सरलाई पनि यहाँ पठाइदिनुस्, प्रचण्ड सरलाई पनि पठाइदिनुस् । मलाई यहाँ हुँदैन भने घरमा लैजानुस् ।’

तोसिमाले प्रेमलाई सान्त्वना दिँदै भनिन्, ‘हामी छौं त ! नआत्तिनुस् तपाईंलाई ठिक हुन्छ ।’ तोसिमाले सान्त्वना त दिइन् । तर, रवि र प्रचण्डलाई भेट्ने उनको अन्तिम चाहना पुरा हुनसकेन । गम्भीर अवस्थामा उपचार गर्दै गर्दा बुधबार बिहान उनको निधन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार