मुख्य समाचार
ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान | चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह | बर्दियाका सय युवालाई आर्थिक रुपमा सक्षम बनाउने अभियान | नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु |

जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु

यूथ टुडे समाचारदाता 3423+ समाचार ( )
२७ जेठ २०८३, बुधवार

बाँके । प्रविधिको तीव्र विकाससँगै शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र समयानुकूल बनाउने उद्देश्यले मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजना र जानकी गाउँपालिका बाँकेको सहयोगमा शिक्षकहरूका लागि ३ दिने कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

तालिमको उद्घाटन कार्यक्रम सामाजिक विकास समितिका संयोजक राम अचल धोबीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जानकी गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादव, सूचना प्रविधि अधिकृत विकास जिसी लगायतका सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको संस्थाकि सचिव सरिला घर्तिमगरले जानकारी दिनु भयो । 

उद्घाटन कार्यक्रममा वक्ताहरूले कृत्रिम बुद्धिमत्ता आजको युगको अपरिहार्य प्रविधि बनेको उल्लेख गर्दै शिक्षकहरूलाई नयाँ प्रविधिसँग परिचित गराई शिक्षण पद्धतिलाई थप सिर्जनशील, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन यस्ता तालिमहरू महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले प्रविधिको सही र जिम्मेवार प्रयोगले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

तालिमको पहिलो दिन डा. डक्ट प्रसाद धिताल र आलम खान लगायतका प्रशिक्षकहरूले एआईको आधारभूत अवधारणा, यसको शैक्षिक प्रयोग, पाठ योजना निर्माण, सामग्री तयारी तथा दैनिक शिक्षण कार्यमा एआईको प्रभावकारी उपयोगका विषयमा सहजीकरण गर्नुभएको थियो। सहभागी शिक्षकहरूले समेत एआई प्रविधिप्रति उत्साहजनक चासो देखाउँदै यसले शिक्षण सिकाइ प्रक्रियालाई अझ सहज र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमले शिक्षकहरूको डिजिटल क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बदलिँदो समयसँगै शिक्षकहरूलाई प्रविधिमैत्री र नवप्रवर्तनशील बनाउने यस्ता पहलले गुणस्तरीय शिक्षा, डिजिटल साक्षरता र समुन्नत समाज निर्माणमा सकारात्मक टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार