मुख्य समाचार
युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न |

युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु

यूथ टुडे समाचारदाता 3419+ समाचार ( )
३० जेठ २०८३, शनिबार

बाँके । बाँकेको जानकी गाउँपालिकामा प्रथम जानकी गाउँपालिका अध्यक्ष कप जिल्ला स्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८३ शुक्रबारदेखि सुरु भएको छ। जिल्लामा खेलकुद क्षेत्रको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खाँले खेलकुद राष्ट्रको गौरव र युवाहरूको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा आवश्यकताअनुसार खेल पूर्वाधार निर्माण र विस्तारमा समेत ध्यान दिइने बताउनुभयो।

“शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन खेलकुद अपरिहार्य छ। बालबालिका तथा युवाहरूलाई अनुशासित, जिम्मेवार र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्न खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ,” अध्यक्ष खाँले भन्नुभयो, “विद्यालय तहदेखि नै खेलकुद गतिविधि विस्तार गर्न सके स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न सकिन्छ।”

एक दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन्। मोडेल आईटीएफ तेक्वान्दो एकेडेमी बाँकेका अध्यक्ष होम सुनारका अनुसार प्रतियोगितामा २२–२६ केजी, २६–३० केजी, ३०–३४ केजी, ३४–३८ केजी, ३८–४२ केजी, ४२–४६ केजी, ४६–५० केजी, ५०–५४ केजी र ५४–५८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी, पुम्से विधाअन्तर्गत १७ वर्षमुनिका पुरुष तथा महिला खेलाडीहरूबीच एकल प्रतिस्पर्धा पनि आयोजना गरिएको छ।

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

मोडेल आईटीएफ तेक्वान्दो एकेडेमी बाँकेका अध्यक्ष होम सुनारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जानकी गाउँपालिका–३ का वडा अध्यक्ष राजकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष टिकानाथ यादव, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, जिन्सी शाखा प्रमुख राजु यादव, विपद् व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, कार्यपालिका सदस्य राम अचल धोबी, स्वास्थ्य संयोजक दलबहादुर राना, आईटी अधिकृत विकास जिसी, प्रशासन शाखा प्रमुख गोपी चौलागाईं, इलाका प्रहरी कार्यालय खजुराखुर्दका इन्चार्ज लोकेन्द्र कार्की, कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती शाहीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अमरेश प्रताप सिंहले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार