मुख्य समाचार
मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न |

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता

यूथ टुडे समाचारदाता 3413+ समाचार ( )
२६ जेठ २०८३, मङ्गलबार

बर्दिया । मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युवा तथा जोखिममा रहेका समुदायको संरक्षणका लागि सामुदायिक स्तरमा जनचेतना अभिवृद्धि गर्न सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

सो कार्यक्रम बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल तथा राजापुर नगरपालिकाको संयुक्त आयोजनामा सुरक्षा परियोजनाअन्तर्गत बर्दियाको राजापुर नगरपालिका–८स्थित भेरी माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा विद्यार्थी, युवा, अभिभावक, स्थानीय समुदाय तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी दिँदै यस्ता सामाजिक समस्याको रोकथाममा समुदायको भूमिकाबारे छलफल गरिएको क्लबले जनाएको छ । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) होमप्रसाद चौधरीले सहजीकरण गर्दै मानव बेचबिखन तथा लागूऔषध सम्बन्धी अपराध नियन्त्रणका लागि समुदायमा सचेतना, सतर्कता र समयमै सूचना प्रवाहको आवश्यकता औंल्याउनुभयो । उहाँले सहभागीहरूलाई जिम्मेवार नागरिकका रूपमा समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गर्नुभयो । 

त्यसैगरी, महिला तथा बालबालिका शाखाकी अनिता चौधरीले बाल संरक्षण, महिला तथा बालअधिकार, उपलब्ध सहयोग संयन्त्र तथा मानव बेचबिखन, हिंसा र शोषणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो । उहाँले सचेत र सशक्त समुदाय नै हिंसा, शोषण तथा बेचबिखनविरुद्धको सबैभन्दा बलियो सुरक्षा कवच भएको बताउनुभयो । 

कार्यक्रममा सुरक्षित आप्रवासन, बाल संरक्षण, युवा सशक्तीकरण तथा लागूऔषध दुव्र्यसनका हानिकारक असरबारे विशेष सन्देश प्रवाह गरिएको थियो । सहभागीहरूले सक्रिय रूपमा छलफलमा सहभागिता जनाउँदै प्राप्त जानकारीलाई परिवार, साथीभाइ तथा समुदायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापनमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयासलाई थप सुदृढ बनाउने तथा सुरक्षित, संरक्षणमुखी र स्वस्थ समाज निर्माणका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

बालबालिका सुरक्षित, युवा सशक्त र परिवारहरू हिंसा तथा शोषणमुक्त वातावरणमा जीवनयापन गर्न सक्ने समाज निर्माणका लागि यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार