मुख्य समाचार
राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग |

मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना

यूथ टुडे समाचारदाता 3418+ समाचार ( )
३० जेठ २०८३, शनिबार

बर्दिया । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ स्थित शुक्र माध्यमिक विद्यालयमा मानव बेचबिखन रोकथामसम्बन्धी सडक नाटक प्रदर्शन गरी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिकाको समन्वयमा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाअन्तर्गत सो जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थी तथा समुदायका सदस्यहरूलाई मानव बेचबिखनका जोखिम, कारण र प्रभावबारे सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वास्तविक जीवनका घटनामा आधारित प्रस्तुति तथा अन्तरक्रियात्मक कथनशैली प्रयोग गरिएको थियो । 

नाटकमार्फत बालबालिका तथा किशोरकिशोरीहरूलाई आफू र अरूलाई शोषण तथा बेचबिखनबाट जोगाउन सचेत, जिम्मेवार र सतर्क बन्न प्रेरित गरिएको क्लबले जनाएको छ । 

कार्यक्रममा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, शिक्षा तथा महिला तथा बालबालिका शाखाका प्रमुखहरू नारायण प्रसाद खनाल र इन्दिरा चुनारा, नगर प्रवक्ता नेक बहादुर गुरुंग, वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकले गर्नु भएको थियो भने फिल्ड सुपरभाइजर सावित्रा भाटले सहयोग गर्नुभएको थियो । 

कार्यक्रममा सडक नाटकमार्फत मानव बेचबिखनमा प्रयोग हुने प्रलोभन र युक्तिहरू पहिचान गर्ने, सुरक्षित आप्रवासनका अभ्यास अपनाउने, निर्णय गर्नुअघि जानकारीको सत्यता पुष्टि गर्ने तथा बालबालिका र जोखिममा रहेका समुदायको सुरक्षामा अभिभावक, शिक्षक, समुदाय र स्थानीय संस्थाहरूको सामूहिक जिम्मेवारीबारे महत्वपूर्ण सन्देश प्रवाह गरिएको परियोजना प्रमुख बिकले बताउनुभयो । 

नाटकपछि आयोजित छलफलमा विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहपूर्ण प्रतिक्रियाले सिर्जनात्मक माध्यममार्फत सामाजिक मुद्दामा सचेतना फैलाउने अभियान प्रभावकारी भएको देखिएको आयोजकले जनाएको छ । सहभागीहरूले बेचबिखन तथा शोषणका सम्भावित जोखिम पहिचान गर्ने र समयमै रोकथामका उपाय अपनाउनेबारे उपयोगी जानकारी प्राप्त गरेका थिए ।

समापन सत्रमा शिक्षा शाखाका प्रमुख नारायण प्रसाद खनालले सडक नाटकलाई जनचेतना अभिवृद्धि तथा व्यवहार परिवर्तनका लागि प्रभावकारी माध्यम भएको बताउँदै यसको प्रशंसा गर्नुभयो । उहाँले मधुवन नगरपालिकाका सबै विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा स्थानीय सरकार, विद्यालय र समुदायका प्रतिनिधिहरूले मानव बेचबिखन रोकथामकालागि संयुक्त रूपमा काम गर्ने तथा प्रत्येक बालबालिकालाई सुरक्षित, संरक्षणमुखी र अवसरयुक्त वातावरणमा हुर्कने सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए ।

“समुदाय एकजुट हुँदा सचेतना कार्यमा रूपान्तरण हुन्छ । हरेक बालबालिकालाई सुरक्षित, सशक्त र शोषणमुक्त भविष्य प्रदान गर्न हामी सबैको साझा प्रयास आवश्यक छ ।” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको बाँके युनेस्को क्लबले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार