नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले हिन्दुधर्मालम्बीहरुको पर्व रक्षाबन्धन(जनै पूर्णि)को अवसरमा आफ्ना पालिका बासीलाई शुभकामना दिदै हिन्दु समुदायमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नु भएको छ ।
अध्यक्ष शाहले सबै समुदाय संग मिलेर रक्षाबन्धन((जनै पूर्णिमा) मनाउन सम्पुर्ण हिन्दुधर्मालम्बीहरुलाई आग्रह गर्नुभएको छ । ”यस पर्वले दाजुभाई तथा दिदी बहिनी बिचको प्रेमका साथै नेपालमा भातृत्वको भाव अझ प्रगाढ बनाउने विश्वास लिएको अध्यक्ष शाहले जिकिर गर्नु भयो ।
हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व रक्षाबन्धन(जनैपूर्णिमा)को दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ । हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धनको धागो बाँधि जनै पूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाईने गर्छन् ।
तागाधारी जनै लाउन पर्नेहरु आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने परम्परा छ । यसैविच, नेवार समुदायले यस पर्वलाई गुन्हु पुन्ही भनी मास, भट्मास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सीमी, गुसर र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाटी खाने चलन छ ।