मुख्य समाचार
तीन सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको निःशुल्क कान परीक्षण | पत्रकारमाथि सांघातिक आक्रमणको २४ घण्टा बित्दा पनि अपराधी पक्राउ परेनन्, प्रहरीको अनुसन्धानमाथि प्रश्नैप्रश्न | पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री |

ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान

यूथ टुडे समाचारदाता 3695+ समाचार ( )
२ असार २०८३, मङ्गलबार

बर्दिया । युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा बाख्रा तथा बंगुर पालन सम्बन्धी तीनदिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ।

तालिममार्फत स्थानीय युवायुवतीहरूलाई व्यावसायिक तथा बजारमुखी पशुपालन सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो। कार्यक्रममा कुल ९१ जना युवा सहभागी भएका थिए, जसमा ६२ जना बंगुर पालन तथा २९ जना बाख्रा पालन सम्बन्धी तालिममा सहभागी भएका थिए। तीन समूहमा सञ्चालन गरिएको तालिममा ठाकुरबाबा नगरपालिकाका ४६ जना र मधुवन नगरपालिकाका ४५ जना युवाको सहभागिता रहेको थियो।

प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बाँके युनेस्को क्लबको कार्यान्वयनमा सञ्चालित तालिममा उन्नत जातका पशु छनोट, उपयुक्त खोर निर्माण, जैविक सुरक्षा (बायोसेक्युरिटी), पोषण तथा आहार व्यवस्थापन, प्रजनन स्वास्थ्य, गर्भवती पशु तथा नवजात शिशुको स्याहार, रोग पहिचान तथा रोकथाम, प्राथमिक उपचार तथा सुई लगाउने विधि, स्थानीय स्रोतसाधनको प्रयोग गरी दाना तयार गर्ने तरिका तथा बाख्रा र बंगुर पालन व्यवसायको आर्थिक विश्लेषण लगायतका विषय समेटिएका थिए ।

तालिममा मधुवन नगरपालिकाको पशु सेवा शाखाका गणेशबहादुर बोहरा तथा ठाकुरबाबा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रबहादुर महताराले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको समन्वय बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले गर्नुभएको थियो भने फिल्ड अफिसर सुनिता चौधरी र सृजना थारुले सहजीकरणमा सहयोग गर्नुभएको थियो।

युवाहरूमा प्राविधिक ज्ञान अभिवृद्धि गर्दै उद्यमशील आत्मविश्वास विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले पशुपालनलाई दिगो जीविकोपार्जन, आत्मनिर्भरता तथा सम्मानजनक रोजगारीको माध्यमका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीय तहमा युवाको सीप र क्षमता विकासमा गरिएको लगानीले भविष्यमा समृद्ध, आत्मनिर्भर तथा उत्थानशील समुदाय निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार