मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरमा प्रस्तावित बहुमुखी क्याम्पसका बिषयमा सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
६ भाद्र २०८०, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका विद्यार्थीलाई आफ्नै पालिका भित्रै उच्च शिक्षा दिने उदेश्यले सन्तानेश्वर बहुमुखी क्याम्पस स्थापना गरिने तयारी भएको छ ।

प्रस्तावित क्याम्पस स्थापना तयारी समितिले यसको संभाव्यताका बारेमा नेपालगञ्जमा सन्तानेश्वर बहुमुखी क्याम्पस नरैनापुरको स्थापना र सञ्चालनका चाुनौतीहरुका विषयमा शिक्षाका क्षेत्रमा क्रियाशिल रहेका विभिन्न व्यक्तिहरुसंग अन्तरक्रिया गरिएको प्रस्तावित क्याम्पस संञ्चालक समितिका अध्यक्ष सोहनलाल यादवले जानकारी दिए ।

उनले नरैनापुरका बालबालिकाले घरदैलोमा नै उच्च शिक्षा खासगरी स्नातक तहको अध्ययन गर्नको लागि बाहिर जान नपरोस भन्ने उद्देश्यले क्याम्पस स्थापना गर्ने तयारी गरी विभिन्न क्षेत्रका विज्ञसंग कुन विषयको कक्षा सञ्चालन गर्न सकिन्छ जस्ता विषयमा छलफल अन्तरक्रिया गरिएको र धैरै जसोबाट सामान्य र प्राविधिक धारको कक्षा सञ्चालनका लागि सूझाव आएको बताए ।

उनले भने–‘ नरैनापुर शिक्षाको क्षेत्रमा निक्कै पछाडि रहेको महशुस गरी यहाँका युवा विद्यार्थीलाई आफ्नै घरदैलोमा नै उच्च शिक्षा हासिल गर्ने मौका मिलोस भनेर हाम्रो सानो प्रयास हो । यसमा सबैको हौसला र सुझाव प्राप्त भएको छ । हामीले सकेसम्म दुबै प्रकारका सामान्य र प्राविधिक धारको कक्षा सञ्चालनको लागि प्रयत्न गर्नेछौ ।’

सो कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले क्याम्पस सञ्चालनको लागि आफ्नो संसद विकास कोषबाट ५ करोड लगानी गर्ने प्रतिबद्धता जनाए ।

उनले भने–‘नरैनापुर शिक्षा स्वास्थ्य र विकासको क्षेत्रमा निक्कै भर्जिन छ । यहाँ भर्खरै बाटो र विजुली पुगेको छ । शिक्षाको क्षेत्रमा निक्कै गर्न आवश्यक रहेकोले यहाँका युवालाई घरदैलोमा शिक्षा दिनको लागि प्रस्तावित क्याम्पस स्थापना गर्न गरिएको पहललाई स्वागत गर्दै आफ्नो संसदिय कोषबाट ५ करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छु ।’

यसैगरी सो कार्यक्रममा नरैनापुर गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत मणिराम खराल, शिक्षाविद् कृष्णकुमार लम्साल, किरण आचार्य, लगायतले क्याम्पस सञ्चालनका लागि आफ्नो क्षेत्रबाट सहयोगको प्रतिबिद्धता जनाएको प्रस्तावित क्याम्पस सञ्चालक समितिका सचिव बिनय दिक्षितले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार