मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

घरेलु तथा साना उद्योगको पहलमा लियानाले सुरु गर्यो ३९० घण्टे कुक तालिम

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
२९ कार्तिक २०८२, शुक्रबार

बाँके । लियाना हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरले घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा ३९० घण्टे जनरल कुक तालिम सुरु गरेको छ। तालिममा स्थानीय युवाहरूलाई व्यावसायिक कुकिङ सीप, स्वच्छता तथा हाइजिन, आधुनिक खाना पकाउने प्रविधि र होटल रेस्टुरेन्टमा आवश्यक पर्ने व्यवहारिक दक्षताहरू सिकाइने बताइएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका–१८ का वडा अध्यक्ष दिपक बर्माले सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बनाउने भन्दै यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख मोहन घर्तीले युवालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने तालिमहरूलाई कार्यालयले निरन्तर प्राथमिकतामा राखेको बताउँदै सहभागिता जनाएका युवालाई मेहनत र प्रतिबद्धतासहित सिक्न अनुरोध गर्नुभयो ।

तालिम संचालन गर्न पाएकोमा लियानाका निर्देशक भोदुराम थारुले धन्यवाद व्यक्त गर्दै, गुणस्तरीय सीप, व्यवहारिक तालिम र अनुभवी प्रशिक्षकको माध्यमबाट सहभागीलाई सक्षम कुकका रूपमा तयार पारिने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार