नेपालगन्ज । बाँकेमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाँकेले पृथ्वी जयन्ती मनाएको हो ।
राप्रपा नेपालले नेपालगञ्जको त्रिभुवन चौकमा पृथ्वी नारायण साहको फोटोमा माल्यार्पण गरि जयन्ती मनाएको बाँकेका अध्यक्ष दिपेन्द्र सिंहले जानकारी दिनु भयो । राजतन्त्र मार्न पाइँदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा आऊ, देश बचाऊ लगायतका नारा लगाएका थिए ।
सभामा बोल्ने राप्रपा नेपालका सहमहामन्त्री तेज बिक्रम शाहले गणतन्त्र र संघियता खारेज गरेर २०४६ सालको संविधान लागू गर्नुपर्ने, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने धारणा राखेका थिए । पृथ्वी नारायण साहले देशका लागि दिएको योगदान अविस्मरणीय रहेकोले कार्यक्रमका मार्फत योगदानको चर्चा हुन जरुरी रहेको बताएका थिए ।
राप्रपा नेपालका केन्द्रिय सदस्य अब्दुल खालिद इराकीले नेपाललाई असान्त पार्नका लागि बाहिरबाट जात, धर्म, दलको नाममा लडाउने काम भइरहेको बताए । उनले। नेपाल बलियो रहे मात्रै नेपाली बलियो रहने बताउँदै उनले सबै मिलेर बसे मात्रै देशमा सुख शान्ति र समृद्धि आउने जिकिर गरका थिए ।
कार्यक्रममा राप्रपा नेपालका अभ्य बस्नेत, आशा बिष्ट लगायतका दर्जनौ नेता कार्यकर्ताहरुलौ पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरि त्रिभुवन चौकमा पृथ्वी जयन्ती मनाएका थिए ।