मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सरसफाईकर्मीहरुलाई बि-ग्रुपले दियो व्यक्तिगत सुरक्षा सामग्री

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपालगञ्ज उपमहानगरपालिकासंगको समन्वयमा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) ले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके अन्तर्गत आज नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा एक
२० पौष २०७९, बुधवार

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री सेट (पिपिई सेट) वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकासंगको समन्वयमा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) ले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके अन्तर्गत आज नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत ६५ जना सरसफाईकर्मीहरुलाई पिपिई सेट वितरण गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, बी-ग्रुपका अध्यक्ष टेकबहादुर पुन, नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, एमडिएम फ्रान्सका नेपालगन्ज संयोजक बसन्त थापा, पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँकेका व्यवसाय विकास अधिकृत समद सिद्धिकी लगायतले सरसफाईकर्मीलाई पिपिई वितरण गरेका हुन् । जर्मन सहयोग जिआइजेड र एमडिएम फ्रान्सको सहयोगमा बी-ग्रुपले पिपिई सेट वितरण गरेको हो ।

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले वितरित पिपिई सेटको सही सदुपयोगले जोखिमबाट बच्न सहयोग पुग्ने बताए । कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत रिजाल, बी-ग्रुपका अध्यक्ष पुन, वातावरण इन्जिनियर डिसी, एमडिएम फ्रान्सका नेपालगन्ज संयोजक थापाले वितरित पिपिईले सरसफाईकर्मीलाई सुरक्षा प्रदान गर्दै जीवन रक्षाका लागि सहयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

पिपिई सेटमा गमबुट १ जोडी, एप्रोन १ पिस, ज्याकेट १ पिस, ट्राउजर १ पिस, तौलिया १ पिस, प्याकिंग झोला १ पिस, क्याप १ पिस, मास्क ३ डिब्बा, स्यानीटाइजर ६ बोतल, भिजिविलिटी ज्याकेट १ पिस, रबर पञ्जा २ जोडी, नाइट्राल पञ्जा २ जोडी, लुगा धुने साबुन ६ पिस र नुहाउने साबुन ६ पिस रहेको बी-ग्रुपकी कृषि प्राविधिक धना रावलले जानकारी दिइन् ।

यसअघि पनि नेपालगञ्ज-२३ हिरमिनियास्थित ल्याण्डफिल साइटमा कार्यरत ४० जना सरसफाइकर्मीहरुलाई पिपिई सेट वितरण गरेको थियो । बी-ग्रुपले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके अन्तर्गत कृषक र सरसफाईकर्मीहरुलाई पिपिई सेट वितरण गर्दै आइरहेको छ । पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा सञ्चालनमा रहेको परियोजना संयोजक इन्द्रजीत सुनारले बताए ।

अप्रिल २०२२ बाट सुरु भएको यस परियोजनाले फोहर व्यवस्थापन तथा विषादी प्रयोग गर्दा हुने हानी रोक्न सरसफाईकर्मी र कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गर्ने उद्देश्य लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार