मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

खाद्यान्न बाली उत्पादन प्रबिधी सम्बन्धि तिन दिने तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
खाद्यान्न बाली उत्पादन प्रबिधी सम्बन्धि गाउँपालिका स्तरीय ३ दिने तालिम शनिबार समापन गरिएको छ।
१४ जेठ २०७९, शनिबार

बाँके । बाँकेको बैजनाथ गाउँपालिका ६ स्थित बैजनाथ कृषि शाखा प्रमुख प्रमोद कुमार बिश्वकर्माको अध्यक्षतामा खाद्यान्न बाली उत्पादन प्रबिधी सम्बन्धि गाउँपालिका स्तरीय ३ दिने तालिम शनिबार समापन गरिएको छ।

उक्त समापन कार्यक्रममा प्रमुख अतिथी बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय अतिथी बैजनाथ गाउँपालिका ६ वडा सदस्य पानसरा सुनार प्रशिक्षक संतोष जि सि र लक्ष्मी रेग्मीले तिनदिन सम्म नयाँ प्रबिधी अनुसार खाद्यान्न बाली उत्पादन प्रबिधी सम्बन्धि गाउँपालिका भरिका कुल २५ जना  किसानहरुलाई सहभागी गराएर तालिम सफलता पुर्बक सप्पन्न गरिएको छ।

बिउँबिजन राख्ने तरकारी बाली किटनासक सम्बन्धि तालिम प्रदान गरिएको सहभागी किसान गोकुल कंडेलले बताउनुभयो।किसानहरुले लिएको तालिम सबैले कार्यान्वयन गरेर बाली उत्पादनमा तालिमको प्रयोग गरेर धेरै भन्दा धेरै लाभ लिन वडा सदस्य पानसरा सुनारले किसानहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी निर्मला रोकायले किसानले सोचेजस्तो र भनेजस्तो सुबिधा नपाउदा पनि समस्या भएको छ।अब स्थानीय सरकारले एक वडा एक प्राबिधिक र किसानहरुलाई प्रोत्साहन गर्न किसान संग पालिका प्रमुख कार्यक्रम ल्याएका छौँ आगामी दिनहरुमा कर्मचारी किसानहरुले समेत सहयोग गरिदिन अनुरोध गर्दै नेपाली किसानले गरेको उत्पादन लाई सहज रूपमा बजारीकरण गर्न गर्ने स्थानीय सरकारको तर्फबाट प्रतिबद्धता जाहेर गर्नुभयो।

कार्यक्रमलाई समापन गर्दै कृषि शाखा प्रमुख विश्वकर्माले बैजनाथको कृषि योग्य माटो विभिन्न रासायनिक मलका काम माटो बिरामी परेको बैजनाथ कृषि शाखा यसको निराकरण गर्न कुनैपनी कृषि प्राबिधिक समस्या समाधान गर्न २४ घन्टा तत्पर रहेको बताउदै कृषि क्रान्ति मार्फत हरित क्रान्ति गर्न सबै किसानले कार्यक्रममा सिकेका कुरा कार्यान्वयन गर्न अनुरोध गर्दै तालिम कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम कृषि प्राबिधिक मोति राम चौधरीले संन्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार