मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रेस सेन्टरको स्थापना दिवसमा मास्क बितरण, प्रचण्डद्वारा शुभकामना व्यक्त

महमूद आलम खान 1133+ समाचार ( )
नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय
१५ माघ २०७८, शनिबार

बाँके । प्रेस सेन्टर नेपालको आज १८औँ स्थापना दिवस मनाइएकाे छ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर बाँकेले आफ्नो स्थापना दिवसको अवसरमा नेपालगन्जमा मास्क बितरण गरेको हो ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८औं स्थापना दिवसका अवसरमा शुभकामना दिनु भएको छ ।

प्रेस सेन्टरको स्थापना दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताउनु भयो ।

नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको उहाँहरुको भनाई थियो ।

मुलुकका हरेक परिवर्तनहरुमा सञ्चारक्षेत्रको विशेष भूमिका हुने शुभकामनामा उल्लेख गरिएको छ । उहाँले मुलुकको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने पनि जिकिर गर्नुभएको थियो ।

आगामी दिनमा समेत समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेमा आफू विस्वस्त रहेको उहाँको भनाई छ ।

यस्तै नेपालगञ्जमा आयोजित मास्क बितरण कार्यक्रममा प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको नेतृत्वमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेपालगञ्ज नगर अध्यक्ष रत्न शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सेराज खान, सुशिल शर्मा, सेन्टरका प्रदेश सचिव आलम खान, गजेन्द्र गुरुङ माओवादी नेतृ कसमिरा खातुन लगायतले शुभकामना दिनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार