मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेमा अन्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा मनाइयो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

बाँके । ११५ औँ अन्तराष्ट्रिय नारी दिवस बाँकेमा भव्यताका साथ मनाइएको छ । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका बाट सुरु भएको ¥याली विपि चोक ,धम्बोजि चोक ,सेतुविक चोक ,न्युरोड ,त्रिभुवन चोक हुदै पुनः नेपालगन्ज उपमहानगरपालिकामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्ज उपमहानगरपालिकाका संयोजक केशब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै जनालाई गम्भीर हुन जरुरी रहेको बताउनु भएको थियो ।

उहाँले महिलाका नाममा निकाशा हुने बजेटमा चासो दिन पनि आग्रह गर्नुभयो । श्रेष्ठले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खाचो रहेको औल्याउनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्किले महिला अधिकारका बिषयमा प्रकाश पार्दे ट्राफिक नियमको पनि पालना गर्नुपर्ने धारणा राख्नुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जमा प्रमुख द्धारिक अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अब व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महिलाहरुको हकहितका लागि सञ्चार क्षेत्रबाट निरन्तर भुमिका निर्वाह भइरहेको र आगामि दिनमा पनि निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य रुमिता श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य संगिता रेग्मि लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा उद्योगी ,पत्रकार र सामाजिक अभियान्ता गरी ६ जना महिलाहरुलाई सम्मान समेत गरिएको छ । महिला उद्यमि तर्फ आशा शार्की ,लक्ष्मि बम र नानी माया पुरी रहनु भएको छ । यसैगरी क्रियाशिल पत्रकार महिला तर्फ साबित्री गिरी र रुपा गहतराज सम्मानित हुनु भएको छ भने सामाजिक अभियान्ता तर्फ शाहिदा बानो सम्मानित हुनु भएको छ । 

यसैगरि नरैनापुर, राप्ती सोनारी, खजुरा, जनाकी, बैजनाथ र डुडुवा गाउँपालिकामा पनि दिवस मनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार