मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिपको उपाधि नेपाललाई

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ पौष २०८१, आइतबार

रुपन्देही । भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिपको उपाधि नेपालले हाँसिल गरेको छ ।

भारतको पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगिता अन्तर्गत नेपालले विभिन्न उमेर र तौल समूहका गरि १७ स्वर्ण पदक जितेर उपाधि हासिल गर्न सफल भएको हो । नेपालको तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीहरूले ५ रजत र २ कांस्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो २१ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्दा नक आउटमा भारत र श्रीलङ्काका प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण पदक हात पार्न सफल भएकी थिइन । यस्तै नेपालका खेलाडी विपिन राना ५० किलो २८ वर्ष उमेर समूहमा स्वर्ण, शाहिल गुरुङले ५५ किलो समूह, बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्तेल, समीक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई र आकृति छन्त्यालले स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगितामा भारतले १६ स्वर्ण, २९ रजत र ६१ कांस्य पदक प्राप्त गरि द्धितिय स्थान हाँसिल गरेको छ । यस्तै श्रीलङ्काले ६ स्वर्ण, ५ रजत र १५ कांस्य पदक प्राप्त गरि तृतीय स्थान हाँसिल गरेको छ ।

विजयी खेलाडीलाई आयोजक संस्थाका तर्फबाट भारतीय राष्ट्रिय कराँते सङ्घका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

भारतीय राष्ट्रिय कराँते सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का लगायत देशका विभिन्न उमेर समूहका १ सय भन्दा बढी खेलाडी सहभागी भएको आयोजक संस्थाका महासचिव थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार