मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेकपा (एकीकृत समाजवादी) बाँकेको ८औं जिल्ला अधिवेशन शनिबार हुदैँ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

बाँके । नेकपा (एकीकृत समाजवादी) बाँकेको ८औं जिल्ला अधिवेशन यही बैशाख २० गते हुँदैछ। अधिवेशन नजिकिँदै गर्दा जिल्ला सचिव पदका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। हालसम्म तीन जनाले सचिव पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरिसकेका छन् – शिव प्रसाद डाँगी, टेकेन्द्र मल्ल, र करिश्मा योगी।

करिश्मा योगी, पत्रकारिता व्यवसाय हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेकी नेतृ हुन्। उनी यसअघि पार्टीको प्रचार विभाग संयोजकको जिम्मेवारी सम्हालिसकेकी छन्। यस पटक उनले महिला सचिव भएर महिला, दलित र पिछडिएको वर्गलाई राजनीतिमा अवसर प्रदान गर्नुपर्ने स्पष्ट अभिव्यक्ति दिएकी छन्।

योगी भन्छिन्, “राजनीतिक नेतृत्वमा विविधता आवश्यक छ। महिलाले नेतृत्व तहमा पुगेर मात्र समान प्रतिनिधित्व सम्भव हुन्छ। अबको नेतृत्वले पछाडि पारिएका वर्गलाई सशक्त बनाउने नीति लिनुपर्छ।”

उनले पार्टीभित्रको लामो सक्रियता, सांगठानिक क्षमता र समावेशी दृष्टिकोणलाई आधार बनाएर सचिव पदमा आफ्नो दाबी प्रस्तुत गरेकी छन्।

त्यस्तै, टेकेन्द्र मल्ल विद्यार्थी राजनीतिबाट स्थापित भएका युवा नेता हुन्। हाल अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष र बाँके जिल्ला सचिवालय सदस्य रहेका मल्लले पार्टीलाई नयाँ उचाइमा पुर्याउन नयाँ योजना आवश्यक भएको बताए। “सिर्फ विचारले होइन, योजनाले पार्टी चल्छ। युवाले अब नेतृत्व सम्हाल्नुपर्छ,” मल्लको भनाइ छ।

उनले हाल नेतृत्व गरिरहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पताल विकास समिति अन्तर्गत ब्लड बैंक स्थापना तथा कर्मचारीका लागि सार्वजनिक बस सेवा सञ्चालन जस्ता कार्य सम्पन्न गरिसकेका छन्।

शिव प्रसाद डाँगी, कोहलपुर नगर कमिटी अध्यक्ष तथा नमस्ते नेपाल यातायात व्यवसायी प्रा.लि. का कोषाध्यक्ष हुन्। लामो समयदेखि शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय डाँगीले संगठन सुदृढीकरण, स्थानीय समस्याको समाधान र निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आफू सक्षम रहेको बताएका छन्।

तीनवटै उम्मेदवार आ-आफ्नो अनुभव, योजना र दृष्टिकोणसहित मैदानमा छन्। बाँकेको सचिव पदका लागि यो प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ।

अन्ततः, नेतृत्व कसले सम्हाल्ने भन्ने निर्णय अब केही घण्टामै सम्पन्न हुने ८औं जिल्ला अधिवेशन (बैशाख २० गते) बाट हुने छ।को सचीव भन्ने टुङ्गो भने लागि सकेको छैन यी ३ जना वा अरु आउँछन् यो ८औं जिल्ला अधिवेशनका प्रतिनिधि र आयोजक जिल्ला कमिटीले तय गर्ने छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार