मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अनुचित कार्य नगरेको न्यायाधीश राजकुमार कोइरालाको दाबी

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
सहकारीका बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा जेलमा रहेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा दुई करोड रुपैयाँको डिल गरेको विषय बाहिरिएपछि कोइरालले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका हुन्
८ असार २०७९, बुधवार

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् ।

सहकारीका बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा जेलमा रहेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा दुई करोड रुपैयाँको डिल गरेको विषय बाहिरिएपछि कोइरालले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका हुन् ।

मंगलबार न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनको कुराकानी भएको छ ।

न्यायाधीश कोइरालाले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै सो दाबी गरेका हुन् । उनले घटनाबारे न्यायपरिषद्बाट छानिबनको माग गर्दै त्यसमा पूर्ण सहयोग गर्ने पनि बताए ।

विभिन्न दबाब र प्रभावका बाबजुद पनि आफूले निष्पक्ष भूमिका निर्वाह गरेको पनि कोइरालले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषद्बाट छानबिन होस्, सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।’

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउन न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार