मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएको औपचारिक घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
बिकले १० हजार ७ सय ९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।
४ जेठ २०७९, बुधवार

बाँके । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएको औपचारिक रुपमा घोषणा गरिएको छ । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन् । उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए । 

बिकले १० हजार ७ सय ९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा निर्वाचित भईन् ।

उनी १ हजार ९ सय ४३ मतको अन्तरले निर्वाचित भएकी हुन् । मञ्जुले १० हजार ३४ मत प्राप्त गरिन । उनकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी ताजरुन निशाले ८ हजार ९१ मत प्राप्त गरेको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए । 

उक्त गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो । खजुरा बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ । उक्त क्षेत्र नेकपा एमालेको किल्लाको रुपमा चिनिन्छ । स्थानीय तह निर्वाचनमा यसपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार