काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया सोमवार बिहानसम्मका लागि स्थगित भएको छ ।
निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले दिएको जानकारी अनुसार उम्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया विहान ८ बजेबाट सम्मका लागि स्थगित गरिएको बताए ।
मतदाता नामावली प्रकाशनपछि उम्मेदवारको मनोनयन प्रक्रिया शुरु भएको थियो । राति महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन र उम्मेदवारी फारम वितरणमा प्राविधिक समस्या भएपछि अहिलेकै अवस्थामा स्थगित भएको सुब्बाले बताए ।
उनले भने– फारम वितरण भइरहेको थियो । तर अध्यक्ष मण्डलको निर्णय अनुसार अब निर्वाचन प्रक्रियाका बाँकी सबै कार्यहरु सोमवार विहान ८ सम्मका लागि स्थगित भएका छन् । स्रोत नेपाल प्रेस