मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बाँकेमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु, दुर्घटनाको छानविन गर्न घाईतेहरु माग

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

बाँके । दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रु बाहक बस बिहीबार ‘अपत्यारिलो’ ठाउँमा पल्टियो।

गन्तव्यमा पुग्न करिब ४ किलोमिटर दुरी बाँकी रहँदा भएको दुर्घटनामा अहिलेसम्म ३ जनाले अकालमा ज्यान गुमाई सकेका छन्। उक्त दुर्घटनामा अन्य २६ जना घाइते भएका छन्। दुर्घटना स्थल नेपालगन्ज–कोहलपुर ९सुर्खेत रोड० सडक अन्तर्गत बाँकेको गनापुरस्थित नमस्ते रेस्टुरेन्ट नजिकै हो।

चार लेनको उक्त सडकमा यति ठुलो दुर्घटना होला भन्नेमा कसैले पनि कल्पना गरेका थिएनन्। सिधा सडकको लेनमै गुडिरहेको बस एक्कासि दुर्घटनामा पर्‍यो। दुर्घटनाका घाइते मध्ये २१ जनाको भेरी अस्पताल र ४ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

घाइते मध्येकी एक दाङ तुलसीपुर निवासी टंकेश्वरी लामिछानेको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको छ। कल्पना नै नगरिएको ठाउँमा दुर्घटना भएको टंकेश्वरीले बताइन्। ‘बस आफ्नै रफ्तारमा गुडिरहेको थियो, अनियन्त्रित भएर एक्कासि बस पल्टियो,’ उनले यूथ टुडे न्यूजसँग भनिन्। यति सहज बाटोमा दुर्घटना होला भनेर आफुले कल्पना नै नगरेको टंकेश्वरीको भनाई छ।

अर्की घाइते भगवती लामिछानेले दाङबाट त्यति अप्ठ्यारो (पहाड) बाटोलाई पार गरेर आएको बस सजिलो बाटोमा दुर्घटना हुनुमा चालकको लापरबाही भएको बताइन्। ‘यसमा चालकको कहीँ न कहीँ लापरबाही भएको छ, यसको छानबिन गरेर कारबाही हुनुपर्छ,’ उनले भनिन्। अस्पतालमा उपचाररत अधिकांश घाइतेले अकल्पनीय दुर्घटना भएको बताएका छन्। नेपालगन्ज आइपुग्नै लाग्दा भएको दुर्घटनाको अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

उक्त दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली, तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषाल र दाङ, घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। मृतक ओली र राई बसका यात्रु तथा भुषाल बसका सह–चालक रहेको बुझिएको छ। मृतक शव पोष्टमार्टम गर्ने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता९डिएसपी० नारायण डाँगीले जानकारी दिए ।

अन्य घाइतेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अहिले पनि उपचार चलिरहेको उनले बताए। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। तर, चालकले भने बसको पट्टा नै भाँचिएर दुर्घटना भएको प्रहरी समक्ष बयान दिएका छन्।  तुलसीपुरबाट विहान ७ बजे हिडेको बस ठाँउ ठाँउमा मान्छे भर्दै आएको थियो । कोहलपुर नजिकै रहेको चपरगौडी पुग्दा सम्म राम्रो संग गुडेको थियो । चापरगौडी सम्म तिब्र गति थिएन तर चपरगौडीमा खाना खाएर हिडेर निकै तिब्र रुपमा गाडी चालकले कुदाए घाइते लामेछानीले भनिन्, हामी तिब्र नचलाउन अनुरोध पनि गरे तर चिन्ता नगर्नु होस जति तिब्र चलाए पनि दुर्घटना हुदैन भने थिए चालकले तर दुर्भाग्य गनापुर नजिक दुखद घटना हुन पुग्यो । चालकले तिब्र गति र क्षमता भन्दा बढी यात्रु नराखेको भए सायद दुर्घटना हुने थिएन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार