मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

“आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
गाउँपालिका अध्यक्ष छब्बन खाँले रक्तदान केवल सामाजिक सेवा नभई बिरामी र रगत अभावमा छट्पटाइरहेका मानिसहरूका लागि जीवनदान भएको बताउनुभयो
१३ जेठ २०८३, बुधवार

बाँके । “आजको रक्तदान, भोलिको मुस्कान” भन्ने सन्देशलाई आत्मसात गर्दै बाँकेको जानकी गाउँपालिकामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई केन्द्रमा राख्दै आयोजित कार्यक्रममा २१ जनाले रक्तदान गर्दै जीवन बचाउने अभियानमा सहभागिता जनाएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजना, जानकी गाउँपालिका कार्यालय मानपुर, बाँकेको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्य तथा उपाध्यक्ष रामप्यारी यादवको सभापतित्वमा आयोजित कार्यक्रममा रेडक्रस प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका सोमप्रकाश सापकोटाले प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई रक्तदान प्याकेज हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले रक्तदान केवल सामाजिक सेवा नभई बिरामी र रगत अभावमा छट्पटाइरहेका मानिसहरूका लागि जीवनदान भएको बताउनुभयो । उहाँले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता मानवीय अभियानमा गाउँपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभाअध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले ग्रामीण क्षेत्रका नागरिकलाई रगत अभाव हुँदा ठूलो समस्या झेल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूलाई रातको समयमा समेत रगतको खोजीमा फोन आउने गरेको अनुभव सुनाउनुभयो । उहाँले रक्तदानले विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पालिकाले पछिल्ला वर्षहरूमा रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा पत्रकार राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य भीमबहादुर नेपाली, केन्द्रीय पार्षद कुशल दर्लामी, बर्दिया जिल्ला अध्यक्ष दलबहादुर सुनार, बाँके जिल्ला अध्यक्ष आशा परियार, जानकी सूचना केन्द्रका पूर्वअध्यक्ष नारायण पाल, समाजसेवी गीता विक, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, योजना शाखा प्रमुख शोभा पौडेल, आईटी प्रमुख विकास जिसी, जिन्सी शाखा प्रमुख राजु यादव तथा नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका सोमप्रकाश सापकोटा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका आयोजक राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्यालले रक्तदान अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने जानकी गाउँपालिका, रेडक्रस, पत्रकार, स्वयंसेवक तथा सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो । 

रक्तदान कार्यक्रममा ६७ जनाको उपस्थिति रहेको थियो । स्वास्थ्य परीक्षणपछि २१ जना सहभागीले रक्तदान गरेका आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार