बाँके । नेपाल कुशवाहा कल्याण समाजको सातौँ राष्ट्रिय महाधिबेशन भब्यताका रुपमा सम्पन्न भएको छ । राकेश मेहताको अध्यक्षतामा ३७ सदस्य नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा उपेन्द्र कुमार कुशवाहा, उपाध्यक्षहरुमा राज कुमार सिंह,राम बाबु कुशवाहा, सन्त कुमार सिंह,मनोज कुमार सिहं,फुल कुमारी महतो, राम प्रकाश महतो र निलम कुमारी महतो रहनु भएको छ भने महासचिवमा जय प्रकाश महतो, उपमहासचिवमा संजिव कुमार सिहं, सचिवमा भरत महतो, कोषाध्यक्षमा अरुण कुमार महतो, सहकोषाध्यक्षमा नवल किशोर प्रसाद महतो सदस्यहरुमा क्रमशः पवन कुमार महतो, बृज कुमार कुशवाहा,मालती देवी कोइरीनी, बिरेन्द्र कुमार कुशवाहा, दिनेश कुमार महतो, भरत लाल महतो, गिता देवी महतो, डा.सियाराम महतो, सुन्दर कला देवी महतो, जय करण महतो, धनन्जय महतो, ओम प्रकाश महतो,बिनिता कुमारी महतो,नन्दु महतो, बिरेन्द्र कुमार सिहं, रेनुसिहं, राज प्रसाद कुशवाहा,ममता कुशवाहा, सुरेश प्रसाद कोइरी, सुशिला कुमारी महतो, मन्जु सिंह र ममता कुमारी महतो रहनु भएको संस्थाका सचिव भरत महतोले जानकारी दिनु भयो ।
लोकतन्त्र प्राप्तीको आन्दोलनमा कुशवाहा जातीहरुको योगदानको स्मरण कुशवाहा समूदायबाट मन्त्री मने पनि दलिय कारणले कुशवाहा जाती सधै पछाडि पर्दै आएकोले समाजको गठन गर्नु परेको सचिव महतोले बताउनु भयो ।
कुशवाहा समुदायको युवा पिढीलाई देशमै बसि नेतृत्व बिकास गर्दै राजनिती, व्यवसाय र लोकसेवाबाट देशको कर्मचारी बन्न सुझाब दिदै अध्यक्ष मेहताले “लोकतान्त्रीक व्यवस्था ल्याउन सैयो कुशवाहा जातीहरुले बलिदान गरेका छन यो व्यवस्था बचाउनु पर्ने दायित्व पनि त्यतिकै छ आफ्नो समुदायको नेतृत्व गरेर मुल पाटीमा जिम्मेवारी लिन नवनिर्वाचित समितीलाई आव्हान गर्न भएको थियो ।