मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नौ लाख ३३ हजार ७६० रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान बरामद

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गत मंसिर महिनामा नौ लाख ३३ हजार ७६० रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान बरामद गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ । ट्राफिक कारबाहीतर्फ २८८६ वटा सवारी साधनलाई कारबाही गरी २४ लाख ७१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिनु भयो । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको र ४६ हजार रुपियाँ जरिवाना गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बाँके प्रहरीका अनुसार गत मङ्सिर महिनामा प्रहरीले विभिन्न अपराधसम्बन्धी ८४ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न ५२ जना अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । त्यसैगरी सात वर्ष दुई महिना २० दिन कैद सजाय तोकिएका ५४ जना फरार अपराधीहरुलाई पक्राउ गरिएको र उनीहरुबाट आठ लाख ६३ हजार आठ सय रुपियाँ जरिवानासमेत असुल गरिएको जनाएको छ । यसै अवधिमा ३८ वटा पेण्डिङ मुद्दाहरु फर्छ्यौट गरिएको छ । चार सय २८ वटा ठाडो उजुरी दर्ता भएकोमा चार सय १६ उजुरी फर्छ्यौट गरिएको र १२ वटा उजुरी पर्छ्यौट प्रक्रियामा रहेको प्रहरी उपरीक्षक कार्कीले बताउनु भयो । 

लागूऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर र नाइट्राजेपाम ८० ट्याब्लेट, ट्रामाडोल ४३६ ट्याब्लेटसहित ओसारप्रसारमा संलग्न १६ जनालाई कानुनी दायरामा ल्याइएको छ ।

आन्तरिक सुदृढीकरण प्रयासअन्तर्गत ‘बेष्ट पुलिस युनिट अफ द मन्थ’ मङ्सिर महिनाको उत्कृष्ट प्रहरी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरलाई प्रदान गरिएको छ । 

घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी दर्ता भएको जनाएको छ । प्रहरीका अनुसार ५० उजुरीमध्ये ३६ वटा उजुरी फर्छ्यौट भएको र बाँकी १४ वटा उजुरीउपर अनुसन्धान कारबाही प्रक्रियामा छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका सम्बन्धमा १० वटा निवेदन दर्ता भएकोमा छ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले पछिल्लो समयमा हरेक महिना कार्यालयबाट सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार