मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

घरेलु हिंसाको आरोपमा लुम्बिनी प्रदेशका पूर्व मन्त्री गुप्ताविरुद्ध श्रीमतीले दिइन् उजुरी

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

तिलोत्तमा — लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध श्रीमती कान्तीले आइतबार उजुरी दर्ता गराएकी हुन् । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कान्तीकुमारी यादवले गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुरी दिएकी हुन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी गुप्तासँग नवलपरासीको प्रतापपुर गाउँपालिका–९ निवासी कान्तिको ६ वर्ष अगाडि विवाह भएको थियो ।

कान्तीले गत वर्ष कात्तिकमा पनि प्रशासनमा उजुरी दिएकी थिइन् । उक्त उजुरीपश्चात् दुवै जनालाई बोलाएर छलफल गरी मिल्ने सर्तमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । 'यसपटक शुक्रबार सीकेले सम्बन्ध विच्छेद गर्छु भनी निवेदन दर्ता गराएका थिए,' उनले भने, 'छलफलमा बोलाउँदा श्रीमती आउन नभ्याउने भइन र आइतबार उनले उजुरी दर्ता गरिन् ।' उजुरीपछि पुनः छलफल गरेर मिलाउन खोजे पनि उनीहरुको कुरा नमिल्ने भएपछि छलफल र मिलनको फाइल बन्द गरिएको र कानुनी प्रक्रियामा जान सुझाइएको उनले बताए ।

गत वर्ष यस्तै उजुरी राष्ट्रिय महिला आयोगमा दिइएकोमा ‘अबदेखि यस्तो गल्ती नगर्ने’ भन्दै सीकेले लिखित प्रतिबद्धता जनाएका थिए । उनी रुपन्देहीको क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । सीके र कान्तिका दुई छोराछोरी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार