मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
३० चैत्र २०८२, सोमबार

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–९ मा एक प्रहरी जवानको हत्या भएको छ।

कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय विकास चौरसियाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गरी निर्घात कुटपिट गरेका थिए। घटनाबारे सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अचेत अवस्थामा चौरसियालाई तत्काल अस्पताल पुर्‍याए पनि बाटोमै उनको मृत्यु भएको थियो।

प्रारम्भिक अनुसन्धानका अनुसार विवाहेतर प्रेम सम्बन्धका कारण घटना भएको बस्नेतले जानकारी दिएका छन्।

प्रहरीका अनुसार रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साहको कोठामा पुगेका बेला चौरसियामाथि आक्रमण भएको हो।

घटनापछि संलग्न रहेको आरोपमा सन्तोष साह, उनकी पत्नी सोनी कुमारी साह, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारत, उत्तरप्रदेशको अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रारम्भिक अनुसन्धानले चौरसिया र सोनीबीच विवाहेतर सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले हत्या योजना बनाएको देखिएको छ। सोही योजनाअनुसार चौरसियालाई कोठामा बोलाएर चारै जनाले रड प्रहार गर्दै कुटपिट गरेका थिए।

मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको छ। घटनाको कारण र अन्य सम्भावित संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार