बाँके । नेपालगंजमा संचालनमा रहेको पिस फुल स्पाले आफ्नो बार्षिकोत्सव मनाएको छ । लामो समय देखि काठमाडौको ज्ञानेश्वरमा संचालनमा रहेको स्पाले काठमाडौ बाहिर सेवा दिन थालेको आफ्नो एक वर्ष पुरा गरेको अवसरमा शनिबार एक कार्यक्रमका बिच बार्षिक उत्सव मनाएको हो ।
आफ्नो क्षेत्रमा सेवा दिने तयारीका साथ बाँकेका स्थानीयले संचालनमा ल्याएको पिसफुल स्पाले वर्ष दिन बिताउँदै गर्दा कम अनुभव र स्पाको ज्ञान बारेमा राम्रो ज्ञान भएकाहरुको कारणले स्पाका बिषयमा गलत बुझाइ हुने गरेको संचालन रेशमा चौधरले बताइन ।
स्पा संचालक चौधरीका अनुसार स्पा लिदाँ मानसिक तथा शारीरिक थकानको समस्यालाई विभिन्न उपचारका विधिबाट समाधान गर्ने गरिएको भएता पनि स्पाको विज्ञतामा कमी भएकाहरुबाट समेत स्पा संचालनमा आउँदा समस्याहरु देखा पर्न थालेको जिकिर गरिन ।
स्पालाई मात्रै पैसा कमाउने व्यवसायको रुपमा लिदाँ यसलाई सबैले औला ठडाउने गरेको स्पा संचालक रेश्मा चौधरीको भनाई थियो । संचालक चौधरी भन्छिन,हामीले उपचार गर्ने हो ,यो व्यवसायी एउटा नर्स तथा डाक्टरले गर्ने जस्तै पेशा हो तर यहाँ कसरी उपचार गरीन्छ भन्ने कुरा नै कसैलाई थाहा छैन,अनि आफ्नो मनका लागेको अनुसार परिभाषीत गर्ने गर्दछन ।
यसैगरी नेपालगंजको घरबारी टोलमा रहेको पशुपति व्युटीपार्लर संचालन गर्दै आएकी मिना रानाले समेत स्पाको बारेमा बुझेको केही वर्ष मात्रै भएको बताउँछिन । राना भन्छिन,‘मलाई त स्पा भनेको केही थाहा थिएन ,पछि थाहा भयो आज भोली मेरो श्रीमानलाई समेत उपचारको लागि स्पामा पठाउने गरेकी छु ।’नेपालगंज उपमहानगरपालिका भित्र रहेको पिस फुल स्पा हुलाक कार्यालय र विद्युत कार्यालयको विचमा अवस्थित रहेको छ ।
पिस फुल स्पामा एकैपटक ७ जना सम्मले विभिन्न प्रकारका थेरापी विधिबाट मांसपेशीहरुको दुखाई, नसा च्यापिएको, ढाड दुखाई लगायतका समस्याहरुबारे उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्न सकिने सञ्चालक समेत रहेका फिजियोथेरापिष्ट चौधरीले जानकारी दिइन् ।
सो स्पामा मसाज थेरापी, कपिङ थेरापी, पञ्चकर्म, फिस थेरापी लगायतका विभिन्न प्रकारका थेरापीहरुको विधिबाट सामान्य अवस्थाका जो कोहीले पनि शारिरीक तन्दुरुस्ती र स्वस्थ रहनका लागि यसलाई उपयोग गर्न सक्ने चौधरीले बताइन् ।
पछिल्लो समय स्पा अर्थात मसाज विधिबाट नशा सम्बन्धिका धेरै पुराना समस्याहरुको समेत उपचार गरी निदान गर्न थालिएकोले यहाँको आवश्यकतालाई मध्यनजर गरेर यो स्पा सञ्चालनमा ल्याइएको चौधरीको भनाई थियो ।
स्पा विधिबाट साधारण अवस्थामा रहेका शारिरीक र मानसिक समस्याहरुको समेत हल गर्न मद्धत पुग्ने बताइएको छ । नेपालगंजमा करिब २६ बढि स्पाहरु संचालनमा रहेका छन ।