मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

२३ सदस्यीय कार्यसमिति गठन गर्दै तराई मधेश राष्ट्रिय परिषदको राष्ट्रिय भेला सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

काठमाडौं । २३ सदस्यीय कार्यसमिति गठन गर्दै तराई मधेश राष्ट्रिय परिषद (TMNC) को राष्ट्रिय भेला सम्पन्न भएको छ ।

चैत्र १९ गते राष्ट्रिय भेलाको बन्द सत्रमा उपस्थित प्रतिनिधीहरुको सर्वसम्मतिले केन्द्रीय कार्यसमिति गठन गरेको छ । चैत्र १८ गते तमू वौद्ध सेवा समिति, अनामनगर (काठमाण्डौ)मा शुरु भएको भेलाको उद्घाटन समारोह संयोजक विकास कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त समारोहमा मधेशी आयोगका अध्यक्ष डा.विजय दत्त, स्वाधिन मधेश अभियानका संयोजक कैलाश महतो, नागरिक अगुवा नारायण वाग्ले, अधिकारकर्मी तथा अभियन्ता रिता साह, अधिकारकर्मी राकेश मिश्र तथा आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले सम्बोधन गर्नु भएको थियो । गुरु शरण सिंहले सञ्चालन गरेको कार्याक्रममा टीएमएनसी सदस्य तथा सामाजिक अभियन्ता सरोज रायले स्वागत मन्तव्य राख्नुभयो ।

चैत्र १८ गतेदेखि सुरु भएको राष्ट्रिय भेलाको बन्दसत्रले केन्द्रीय कार्यसमिति गठन गरेको हो । दोस्रो दिनको बन्दसत्र बाट सामाजिक अभियन्ता सरोज रायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । परिषद्को उपाध्यक्षमा गुरू शरण सिंह, महासचिवमा अशोक यादव, सचिवमा राजकुमार महतो र कोषाध्यक्षमा गौतम राज चयन भएको अध्यक्ष रायले बताए ।

यस्तै, सदस्यहरूमा सिएन थारू, अधिवक्ता विकास ठाकुर, सुशील चन्द्र ठाकुर, चन्दन साह, प्रिती रमन, गुन्जा राय, मनिषा साह, बजरंगी यादव, दिपक कुमार यादव, आदर्श कुमार सहनी, संजय साह, जय प्रकाश यादव, सत्रु यादव, अंशु कुमार यादव, विकास कुमार यादव, सुनील कुमार यादव, नरेन्द्र यादव र आदित्य यादव रहेका छन् ।

साथै, परिषद्को मनोनित हुने केन्द्रिय सदस्यको प्रस्ताव केन्द्रिय समितिको बैठकबाट हुने वैधानिक प्रावधान छ भने उपरोक्त समितिको कार्यकाल तीन वर्षको हुनेछ । दोश्रो दिनको बन्द सत्रमा परिषद्को विधान र सांगठनिक प्रतिवेदन प्रस्तुत भई पारित गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार