मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्ज ७ वडामा भएको बिबाद मिल्यो

महमूद आलम खान 1133+ समाचार ( )
आक्रमण गर्नेहरुले माफी मागे पछि वडा अध्यक्ष खाँले लिए मुद्दा फिर्ता
२५ कार्तिक २०७८, बिहीबार

नेपालगंज । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ७ को कार्यालयमा पुगेर जबरजस्ती जन्मदर्ता बनाउनका लागि वडा अध्यक्षलाई दबाब दिए पछि वडा अध्यक्ष जुम्मन खाँले प्रक्रिया पुरा गरेर जन्मदर्ता बनाउने भने पछि वडा सदस्य किशोर थापाले कार्यकक्षमै अध्यक्ष खाँ माथि आक्रमण गरेको थिए ।

वडा सदस्य  किशोर थापाले प्रक्रियालाई मिचेर भए पनि जन्म दर्ता बनाउन र नागरिकता बनाउनका लागि तत्काल सिफारीश दिन वडा अध्यक्षलाई दबाब दिदै तथानम गाली गलौज गरे पछि वडा कार्यालय केही बेर तनाब ग्रस्त बनेको थियो । 

वडा अध्यक्ष खाँका अनुसार वडा सदस्य थापाले आक्रमण गरेका थिए । १४ वर्ष देखि बेपत्ता रहेको व्यक्ति स्थानीय भएकोले जन्म दर्ता बनाउन र नागरिकताका लागि सिफारीश दिन माग गरेको बताइएको छ । वडा अध्यक्ष खाँले प्रक्रिया पुर्याएर सबै काम गरिदिने बताए पनि वडा सदस्य थापाले बनाउन भन्दै आक्रमण गरेका थिए । 

यता अध्यक्ष खाँलाई आक्रमण गर्ने वडा सदस्य थापा सहित महिलाहरुले माफी मागे पछि बिबाद मिलेको थियो । यद्यपि जन्म दर्ता र नागरिकताको सवालमा कानुन बमोजिम काम हुने बडाले जनाएको छ । 

वडा अध्यक्ष जुम्मन खाँ वडाको विकासका लागि अग्रमोर्चामा रहेर काम गर्नुका साथै नागरिक मैत्री सेवा प्रदान गर्दैै आएका छन् ।  अध्यक्ष खाँ भन्नु हुन्छ कानुनको अधिनमा रहेर नागरिकहरुलाई सेवा प्रदान गर्दै आए पनि केही व्यक्तिहरुले गलत नियतका कारण आफू माथि आक्रमण गरेको जिकिर गर्नु भयो । उहाँले आफू माथि आक्रमण गर्ने व्यक्तिहरु माथि कानुनी कारवाही गर्ने तयारी गरे पनि वडा सदस्य र केहि महिलाले सार्वजानिक रुपमा माफी मागे पछि नैतिकताका आधारमा आफूले माफी दिएको जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार