मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मधेश पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ असार २०८१, शुक्रबार

जनकपुरधाम । मधेश प्रदेश आजदेखि पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा भएको छ । पछिल्लो एक सातामा धनुषा, महोत्तरीसहित तीन जिल्ला पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा भएपछि मधेश प्रदेश आज भएको हो ।

मधेश प्रदेशका ८ जिल्ला तथा १ सय ३२ स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेपछि विधिवत् रुपमा मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा भएको प्रदेश खोप समन्वय समितिका सदस्य सचिव एवं मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाले जानकारी दिनुभयो ।

मधेश प्रदेश खोप समन्वय समितिको आयोजनामा भएको घोषणा कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह, राज्यमन्त्री केशव राय तथा मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले संयुक्त रुपमा जनकपुरधाममा आयोजना गरिएको विशेष कार्यक्रमका पूर्ण खोप सुनिश्चितता भएको प्रदेशको रुपमा घोषणा गर्नुभयो ।

मधेश प्रदेशका १६ देखि २३ महिनाको कुनै पनि बालबालिकाहरू खोप लिनबाट वञ्चित नभएपछि पूर्ण खोप सुनिश्चितता भएको प्रदेशको रुपमा घोषणा भएको हो ।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता भएको घोषणासँगै अब जन्मिने बालबालिका खोप लिनबाट वञ्चित नहोउन् भन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव रायले पूर्ण खोपको सुनिश्चिततासंगै यसको निरन्तरता दिनका लागि थप मेहनत गर्न आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार