मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

ताइवानमा आयाेजित ‘असोसियो अवार्ड २०२५ मा नेपालको महत्त्वपूर्ण सफलता

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३० कार्तिक २०८२, शनिबार

बाँके । ताइवानमा आयाेजित ‘असोसियो अवार्ड २०२५ मा नेपालले महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।

नेपालको प्रविधि क्षेत्रका लागि एक ऐतिहासिक क्षणको रूपमा, एसिया ओसेनिया कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (ASOCIO) द्वारा ताइवानमा आयोजित प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ मा नेपालका सात प्रविधि संस्था सम्मानित भएका छन्। यसमध्ये नेपालगन्जबाट सुरु भई स्थानीय तहको डिजिटलाइजेसनमा महत्त्वपूर्ण योगदान दिँदै आएको निन्जा इन्फोसिस प्रा. लि. लाई डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरिएको छ।

निन्जा इन्फोसिस: स्थानीय सरकारको डिजिटलाइजेसनमा उत्कृष्टनिन्जा इन्फोसिसले नेपालमा स्थानीय सरकारहरूलाई डिजिटलाइज गर्नका लागि डिजिटल पालिका नामक सफ्टवेयर विकास गरेको छ।

मंगलबार ताइवानको ताइपेईमा सम्पन्न ‘असोसियो डिजिटल समिट २०२५’ को अवसरमा निन्जा इन्फोसिसलाई यो सम्मान प्रदान गरिएको हो।

अवार्ड ग्रहण गरेपछि निन्जा इन्फोसिसका सिईओ रमेश क्षेत्रीले यो अवार्डले नेपालको आईटी क्षेत्रमा राम्रो सम्भावना रहेको र नेपाली कम्पनीहरूले विश्व जगतमा सम्मान पाउनु सबै नेपालीका लागि खुसीको विषय रहेको बताउनुभयो।

नेपालका यी सात संस्थाले जिते ‘असोसियो अवार्ड २०२५’एसिया प्रशान्त क्षेत्रका प्रविधि कम्पनीहरूको यस प्रतिष्ठित अवार्डमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को सिफारिसमा नेपालबाट सहभागी भएका संस्थाले निम्न विधामा अवार्ड जित्न सफल भए:विधा (Award Category)विजेता संस्था (Winner Organization)डिजिटल गभर्मेन्ट अवार्डनिन्जा इन्फोसिस प्रा. लि.आउटस्ट्यान्डिङ टेक कम्पनी अवार्डइमार्क प्रा. लि.आउटस्ट्यान्डिङ डिजिटल ट्रान्सफर्मेसन अर्गनाइजेसन अवार्डमदन भण्डारी मेमोरियल कलेजट्यालेन्ट डेभलपमेन्ट अवार्डवर्डप्रेस नेपाल कम्युनिटीसाइबर सेक्युरिटी अवार्डइन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईस्पान)स्टार्टअप अवार्डएडुटेक इन्टरनेसनल प्रा. लि.ग्लोबल बिजनेस सर्भिस अवार्डअनलिमिटेड टेक्नोलोजी प्रा. लि. क्यान महासंघको भूमिका र नेपालका लागि गौरवनोभेम्बर १० देखि १२ सम्म आयोजित ‘असोसियो डिजिटल समिट २०२५’ को अवसर पारी यी संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो।

क्यान महासंघका अनुसार, यस वर्षको नोमिनेसन सिफारिस गर्दा नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्काउने प्रयास गरिएको थियो। क्यान महासंघका पूर्व अध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवरले असोसियो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु र अवार्ड जित्नु नेपालका लागि गौरवको विषय भएको बताउनुभयो। यसले नेपालको प्रविधि क्षमतालाई विश्वसामु चिनाउन मद्दत पुगेको छ।

नेपालका आईटी कम्पनीहरूको यो सफलताले आगामी दिनमा नेपाली प्रविधि उद्यमीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप हौसला प्रदान गर्ने निश्चित छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार