मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

केटा नपाएपछि, युवतीहरु बुढीकन्या बस्न बाध्य

महमूद आलम खान 1133+ समाचार ( )
यो सुन्दा अचम्म लाग्न सक्छ । यो खबर गोरखाका ‘विकट गाउँहरुको हो । बिही ६ न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन्
२८ मंगशिर २०७८, मङ्गलबार

गोरखा । यो सुन्दा अचम्म लाग्न सक्छ । यो खबर गोरखाका ‘विकट गाउँहरुको हो । बिही ६ न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ ।

अहिलेसम्म उनको लगन जुरेको छैन । गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन कतिको बिहे नभएरै कपाल फुलिसक्यो गुरुङले भनिन् ।

उत्तरी गोरखाको बिही ६ न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका युवती छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने युवक पढाइ रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् । मैले एक कक्षा पनि पढिनँ घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो रु’ स्थानीय देवानी गुरुङले भनिन् ।

उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन । छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन् म त बूढी भएँ भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने युवक पढाइ रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् । देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् ।

अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । लगन जुरेन कर्ममा नलेखेर होला नि उनले भनिन् बिहे गर्न कसलाई पो मन हुँदैन र मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन् । ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन् । खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन् ।न्याकका स्थानीयले अहिले पनि छोरा लाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्।

कतिपयले छोरीलाई पढाउँदैनन्।पढ्न रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखानजस्तै इण्डोनेसियामा लागू हुने भएको छ । हो इण्डोनेसियामा अव बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ । बिहे गर्ने नेपाली परम्परा अनुसार मागी बिबाह राजी खुसीमा गरिने भागी बिबाह र अदालतमा गरिने कोर्ट म्यारिज हामीले देखिअएकै चलन हो ।

बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन ।मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् । उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ ।ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् ।

साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ । यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ उसले मात्र बिहे गर्न पाउनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार