मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

"जनमुखी प्रशासन कमजोर पार्ने प्रयास अस्वीकार्य”- प्रजिअ जोशीलाई निर्धक्क भएर काम गर्न गृह मन्त्रालयको निर्देशन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
४ कार्तिक २०८२, सोमबार

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीमाथि जुवातास, अनैतिक गतिविधि र गैरकानुनी कारोबारमा संलग्न व्यक्तिहरूमाथि कारबाही नगर्न दबाब दिने केही सिमित व्यक्तिहरूको प्रयास असफल भएको छ ।

प्रजिअ जोशीले “कानुनभन्दा माथि कोही हुँदैन” भन्ने अडान लिएर अपराध नियन्त्रणमा दृढता देखाएपछि, सोही समूहले २१ जनाको नाममा १८ जनाको हस्ताक्षरसहित गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै जोशीमाथि कारबाहीको माग गरेका थिए।

तर यसको प्रतिकारस्वरूप जेनजी पुस्ता, नागरिक समाज, शिक्षक, कर्मचारी, पत्रकार, जनप्रतिनिधि, व्यवसायी, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, कानुन व्यवसायी र सर्वसाधारण नागरिकले प्रधानमन्त्री र गृहमन्त्रीलाई संयुक्त ज्ञापनपत्र बुझाए ।

ज्ञापनपत्रमा प्रजिअ जोशी बाँकेमा आएदेखि अपराध नियन्त्रणमा उल्लेखनीय कमी आएको, धार्मिक सद्भाव बलियो बनेको र प्रशासन जनमुखी ढंगले सञ्चालन भएको उल्लेख गरिएको थियो ।

साथै, उनीहरूले सिमित व्यक्तिको दबाबमा इमानदार र निष्पक्ष प्रशासकलाई कारबाही वा सरुवा गर्न खोजिए जनताको विश्वासमा आघात पुग्ने चेतावनी दिएका छन्। “यदि जनमुखी प्रशासकलाई कमजोर पार्ने प्रयास गरियो भने, यो जेनजी आन्दोलनको मर्मविपरीत हुनेछ,” ज्ञापनपत्रमा भनिएको छ।

उक्त घटनापछि गृह मन्त्रालयले प्रजिअ धर्मराज जोशीलाई निर्धक्क भएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयका स्रोतका अनुसार, “जोशीले जनताको पक्षमा काम गरेका छन्, त्यसैले उनलाई हतोत्साहित गर्ने कुनै पनि प्रयास स्वीकार्य हुने छैन।”

बाँकेमा हालका दिनमा अपराध नियन्त्रण, सुदृढ प्रशासनिक शान्ति र धार्मिक सौहार्द कायम गर्न जोशीको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको छ।

स्थानीय नागरिक भन्छन् - “कानुनको शासन बलियो पार्ने अधिकारीलाई धम्की होइन, समर्थन चाहिन्छ।” उनीहरुले राम्रो काम गर्ने प्रशासक र कर्मचारीहरुको मनोवल कमजोर हुन नदिने बताएका छन् । 

उनीहरूले प्रजिअ धर्मराज जोशीलाई नागरिक समाजको नाममा समाजमा भय र भ्रम फैलाउने सीमित व्यक्तिहरूसँग कुनै प्रकारको संवाद नगर्न आग्रह गरेका छन्। साथै, बाँके जिल्लामा तस्करी, भ्रष्टाचार र अनैतिक क्रियाकलाप नियन्त्रणमा अझ प्रभावकारी रूपमा केन्द्रित रहन सुझाव दिएका छन्। जनताको समर्थन र विश्वासका साथ निष्पक्ष प्रशासनिक कार्य अघि बढाउन प्रेरणा दिएका उनीहरूले जोशीको नेतृत्वमा बाँकेमा सुशासन र कानुनी शासनको अभ्यास झन् सुदृढ हुने विश्वास पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार