बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. ८ का राप्रपाका नेता रजनीश बाजपेयीले सोमबार पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष बाजपेयी र वडा सदस्यहरुले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्नुभन्दा अगाडि वडा अध्यक्ष बाजपेयी र वडा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाइएको थियो । वडा सदस्य भएर जिम्मेवारी निर्वाह गरी सक्नु भएका नव निर्वाचित वडा अध्यक्ष वाजपेयीले पदभार ग्रहण गर्दै वडामा बचेको विकासको कामलाई निरन्तरता दिने बताउदै वडा कार्यालयलाई जनमैत्री बनाएर अगाडि बढने जिकिर गर्नु भयो । जनताको कामका कुनै प्रकारको समस्या आउन नदिने बताउदै कर्मचारीहरुलाई समेत जनमैत्री भएर सेवा प्रवाह गर्न तर्फ ध्यान केन्द्रीत गर्न निर्देशन दिनु भएको थियो ।
अध्यक्ष वाजपेयीले आफू राप्रपाबाट निर्वाचित भए पनि पार्टी भन्दा माथि उठेर सबै संग सहकार्य गरेर काम गर्ने बताउनु भएको थियो । उहाँले आफना प्रत्यासीहरुलाई आफनो सल्लाहकारको रुपमा लिने बताउदै वडाको विकासका लागि सहकार्य गरीदिन अपिल गर्नु भएको थियो ।